Skip to main content

स्वस्तिक अस्पतालले सञ्चालन गरेको स्वास्थ्य शिविरमा तीनसय जनाको निःशुल्क उपचार

Submitted by editor on
ईबिगुल संवाददाता
स्वस्तिक अस्पतालले सञ्चालन गरेको स्वास्थ्य शिविरमा तीनसय जनाको निःशुल्क  उपचार

धनगढी : धनगढीको स्वस्तिक अस्पतालले कञ्चनपुरको कृष्णपुर नगरपालिकाका निशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ । स्वस्तिक कार्डियो एण्ड मल्टी स्पेसियालिटी हस्पिटलल आयोजना गरेको निःशुल्क स्वास्थ्य शिविरमा २९४ जनाले सेवा लिएका छन् । 

शनिवार हस्पिटलले कञ्चनपुरको कृष्णपुर नगरपालिका वडा नम्बरु ५ मा रहेको स्वास्थ्य केन्द्रमा निशुल्क शिविरको आयोजना गरेको हो । स्वास्थ्य शिविरमा १२५ जना बिरामीलाई निःशुल्क औषधी वितरण गरिएको छ भने एक सय जनाको नाक, कान र घाँटीको परीक्षण तथा ६८ जना महिलाको प्रसूति सम्बन्धी समस्याको चेकजाँच गरिएको हो ।

स्वस्तिक अस्पताल धनगढी सधैँ बिरामीहरूको स्वास्थ्य सेवामा समर्पित रहेको बताउँदै सञ्चालक दीपेन्द्र तिवारीले बिरामीको उपचार सेवालाई थप स्तरीय बनाउँदै लैजाने बताए । अस्पतालमा विषेशज्ञ सेवाका साथै एसी जडित संरचना रहेका छन ।

सामाजिक उत्तरदायित्व अन्तर्गत अस्पतालले असहाय एवं बेसहारा प्रमाणित व्यक्तिहरूका लागी निःशुल्क उपचार सेवा प्रदान गर्दै आएको छ  । अस्पतालले एक हजार रुपैयाँमा परिवार स्वास्थ्य प्याकेज र पाँच हजार रुपैयाँमा होलबडी चेकजाँच सेवा पनि सञ्चालन गर्दै आएको छ ।

शिविर पछि कृष्णपुर नगरपालिकाका नगर प्रमुख हेमराज ओझाले अस्पताललाई सहयोग र समन्वयका लागि धन्यवाद दिए ।