Skip to main content

धनगढी उपमहानगरलाई एकलाख राशीको प्रकृती संरक्षण पुरस्कार

Submitted by editor on
ईबिगुल संवाददाता
क लाख धन राशिको प्रकृति संरक्षण पुरस्कार

धनगढी : धनगढी उपमहानगरपालिकाले अवार्डसहित एक लाख धन राशिको प्रकृति संरक्षण पुरस्कार पाएको छ । विश्व प्रकृति संरक्षण कोष, नेपालले प्रकृति संरक्षणमा उच्च योगदान दिएको भन्दै अवार्डसहित सो पुरस्कार प्रदान गरेको हो ।

विश्व प्रकृति संरक्षण कोष नेपालको ३१ औं वार्षिकोत्सवको अवसरमा आइतवार काठमाडौंमा आयोजित कार्यक्रममा धनगढी उपमहानगरपालिकालाई प्रकृति संरक्षणमा उच्च योगदान दिएको भन्दै ‘विश्व प्रकृति संरक्षण अवार्ड–२०२४’ प्रदान गरिएको छ । 

कार्यक्रमका प्रमुख अतिथी एवं वन तथा वातावरण मन्त्री नवलकिशोर साह सुठीले नगर प्रमुख गोपाल हमाललाई अवार्डसहित पुरस्कृत गरेका हुन् ।