Skip to main content

कैलाली प्रहरीद्वारा तीन लाख बराबरको तस्करीको सामान बरामद

Submitted by editor on
ईबिगुल संवाददाता
भन्सार छलीका सामान बरामद

धनगढीः कैलालीमा भन्सार छलीका सामान बरामद गरिएको छ । धनगढी उपमहानगरपालिका–३ ब्यारेल,  भजनी नगरपालिका–३ ठेकीपुल र टीकापुरनगरपालिका–६ बेलुवा चोकबाट करिब एक लाख १३ हजार ६५० मुल्यको प्याज, चिनी, अचार, सुर्ती, युरिया मल, स्याम्पु, कुरकुरे, र इन्भटर लगायतका सामान प्रहरीले बरामद गरेको हो ।

त्यस्तै धनगढी उपमहानगरपालिका–४ उत्तरबेहडीबाट करिब एक लाख ८५ हजार १८० मुल्यको मोबाइल कभर, मोबाइलको ग्लाससहित धनगढी उपमहानगरपालिका–८ धनगढीगाँउका २२ वर्षीय रबि रानालाइ प्रहरीले पक्राउ गरेको छ। रानालाइ मोटरसाइकलसहित प्रदेश प्रहरी कार्यालय धनगढी र अस्थाइ प्रहरी पोष्ट बसपार्कबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको हो ।