Skip to main content

मोदीको सपथ कार्यक्रममा प्रधानमन्त्री दाहाल भोली दिल्ली जादै

Submitted by editor on
एजेन्सीहरुको सहयोगमा
नयाँ दिल्ली जाने

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल आइतबार नयाँ दिल्ली जाने भएका छन । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको सपथग्रहणमा सहभागी हुन दाहाल नयाँ दिल्ली जान लागेका हुन् ।

प्रधानमन्त्रीको भ्रमण टोलीमा उनकी छोरी गंगा दाहाल, कानुन तथा संसदीय मामिला मन्त्री पदम गिरी र उच्चपदस्थ सरकारी अधिकारी रहने परराष्ट्र मन्त्रालयले जनाएको छ । 

प्रधानमन्त्री दाहाल आइतबार राति नयाँ दिल्लीमै बस्ने कार्यक्रम छ। उनी सोमबार फर्किने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । 

मोदी एनडीए गठबन्धनको नेतृत्व गर्दै तेस्रो कार्यकालका लागि भारतको प्रधानमन्त्री बन्दैछन् । उनले आइतबार साँझ ७ः१५ बजे सपथ लिँदैछन् । मोदीको सपथग्रहण कार्यक्रममा विदेशी पाहुनासहित ८ हजार बढीको सहभागिता रहने बताइएको छ ।