Skip to main content

कैलारी गाउँपालिकाले ल्यायो ७७ करोडको बजेट

Submitted by editor on
ईबिगुल संवाददाता
कैलारी गाउँपालिका

धनगढी : कैलालीको कैलारी गाउँपालिकाले आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गरेको छ । गाउँपालिकाले ७७ करोड २१ लाख १२ हजार रुपैयाँको बजेट सार्वजनिक गरेको हो । 

सोमबार भएको गाउँसभामा उपाध्यक्ष भगवतीकुमारी चौधरीले आगामी आर्थिक वर्षको अनुमानित आयव्यय प्रस्तुत गरेकी हुन् । आयतर्फ संघीय सरकारबाट प्राप्त हुने समानीकरण अनुदान १३ करोड ८२ लाख, राजस्व बाँडफाँट १३ करोड ६ लाख, सशर्त कार्यक्रम ३८ करोड ६४ लाख आठ हजार गरी कुल ६५ करोड ५२ लाख १८ हजार रुपैयाँ रहेको छ ।

त्यस्तै प्रदेश सरकारबाट समानीकरण अनुदान एक करोड २९ लाख ६० हजार, राजस्व बाँडफाँट ४५ लाख सात हजार, समपूरक अनुदान ९२ लाख, विशेष अनुदान ३० लाख रुपैयाँ गरेर कुल दुई करोड ९६ लाख ६७ हजार रुपियाँ प्राप्त हुने जनाइएको छ ।
यस्तै, गाउँपालिकाको आन्तरिक आम्दानी दुई करोड ६ लाख ५० हजार र चालु आर्थिक वर्षको बैंक मौज्दात ५० लाख रहने उपाध्यक्ष चौधरीले बताए ।