Skip to main content

कञ्चनपुरका वरिष्ठ पत्रकार कर्णदेब भट्टको निधन

Submitted by editor on
ईबिगुल संवाददाता
कर्णदेव भट्ट

धनगढी : नेपाल पत्रकार महासंघका पुर्व केन्द्रीय उपाध्यक्ष तथा वरिष्ठ पत्रकार कर्णदेव भट्टको निधन भएको छ । 

कञ्चनपुरको भीमदत्त नगरपालिका वडा नन्बर ६ महेन्द्रनगर निवासी भट्टको सोमवार निधन भएको हो । उनी फारवेष्ट टाईम्स दैनिकका प्रकाशक तथा प्रधान सम्पादक थिए । भट्टको नेतृत्वमा फारवेष्ट टाईम्सले क्षेत्रीय पत्रकारितामा महत्वपूर्ण भूमिका खेलेको थियो ।

नेपाल पत्रकार महासंघका पुर्व केन्द्रीय उपसभापतीको रूपमा भट्टले देशभरका पत्रकारहरूको हक हितको लागि उल्लेखनीय काम गरेका थिए । उनले आफ्नो जीवन पत्रकारिता तथा समाजसेवामा समर्पित गरेका थिए । 

उनको निधनले पत्रकारिता क्षेत्रमा ठूलो क्षति पुगेको छ । भट्ट सुदूरपश्चिम प्रदेशमा अफसेट प्रेस भित्राउने पहिलो व्यक्तिसमेत  हुन् । नेपाल पत्रकार महासंघ सुदूरपश्चिम प्रदेश समिति, प्रेस चौतारीको प्रदेश समिति लगायतका संघसंस्थाहरुले शोक बक्तब्य जारी गर्दै भट्टको निधनप्रति शोक प्रकट गरेका छन ।