धनगढी : सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयको वेवसाईट ह्याक गरिएको छ । वेवसाईट ह्याक गरिएपछि अहिले हेर्न नमिल्ने भएको छ ।
आज बिहान १०ः३० बजे मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयको वेवसाइट ह्याक भएको हो । मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयका सूचना अधिकारी जगदीशप्रसाद जोशीले बिहान १०ः३० मा वेबसाईट ह्याक भएको थाहा भएको बताए ।
वेबसाईट ह्याक भएको थाहा हुनासाथ सूचना प्रविधि विभाग काठमाडौंमा खबर गरेर साइट रिकभर गर्ने काम भइरहेको सूचना अधिकारी जोशीले बताए । वेवसाईट खोल्दा ह्याक्ड बाइ क्याप्टेन स्मोक थ्री आर लेखिएको देख्न सकिन्छ ।
प्रदेश सरकारको वेवसाईट ह्याक गरिएपछि साईवर सुरक्षामा भने गम्भिर प्रश्न उठेको छ ।