Skip to main content

सुदूरपश्चिममा पाँचजनाको मृत्यु, तीन वेपत्ता, एक हजार परिवार विस्थापित

Submitted by editor on
पुर्नवासकी १५ वर्षिया लक्ष्मी बोगटी, १६ वर्षकी सिर्जना बोगटी र १५ वर्षकी आरती बोगटीको घर नजिकै जमेको पानीमा, कृष्णपुरका ७ महिने बालक सोनु धानुकको खाटमुनीको पानीमा . र डडेल्धुराका शिक्षक नवराज पनेरुको पहिरोको ढुंगा लागेर ज्यान गएको हो ।
शिवराज भट्ट
सुरक्षित स्थानमा सारिएको

धनगढी : अविरल वर्षका कारण सुदूरपश्चिममा ५ जनाको मृत्युभएको छ भने ३ जना वेपत्ता भएका छन । एक हजार भन्दा बढी परिवार विस्थापित भएका छन भने ३६५ घरहरुमा जोखिममा परेका छन । 

प्रदेश प्रहरी कार्यालयले दिएको सूचना अनुसार कञ्चनपुरमा सोमबार तीन जना बालिकाको घर नजिकै जमेको पानीमा एकै ठाउँमा डुुबेर मृत्युभएको छ । कञ्चनपुरको पुर्नवास नगरपालीकाकी १५ वर्षिया लक्ष्मी बोगटी,  १६ वर्षकी सिर्जना बोगटी, १५ वर्षकी आरती बोगटीको घर नजिकै जमेको पानीमा डुबेर मृत्युभएको सुदूरपश्चिम प्रदेशका प्रहरी प्रमुख डिआईजी रविन्द्र केसीले जानकारी दिए ।

१२ वर्षकी अञ्जली बोगटी र मृत्युभएका तीनै जना एउटा गाउँबाट अर्को गाउँ जादै थिए । तीनै जना पानीको भंगालोमा परेपछि अञ्जलीले नजिकै रहेका स्थानीय र प्रहरीलाई खबर गरेकी थिईन । केही बेरपछि तीनै जनाको शव फेला परेको प्रहरीले जनाएको छ । 

यस्तै आईतबार डडेल्धुराको परसुराम नगरपालिकाका शिक्षक नवराज पनेरुको पहिरोमा परेर मृत्युभएको छ । उनलाई पहिरोको ढ्रुंगा लागेको प्रहरीले जनाएको छ । कञ्चनपुरकै कृष्णपुरमा पनि ७ महिनाको बालकको पनि आफ्नै घरभीत्र जमेको पानीमा डुुबेर मृत्युभएको छ । 

कञ्चनपुरको कृष्णपुर नगरपालिका वडा नम्बर १ का सागर धानुकका ७ महिनाका छोरा सोनु धानुकको राती आमाको काखबाट खसेपछि खाटमुनी रहेको पानीमा डुुबेर मृत्युभएको हो । उनको घर डुुबानमा परेको थियो । प्रदेश भरी बाढि पहिरोमा ३ जना बेपत्ता भएको प्रहरीले जनाएको छ । 

डिआईजी रविन्द्र केसीले सोमबार बेलुकी सम्म सुदूरपश्चिमका ९ वटै जिल्लामा १ हजार ३ परिवारका २७ सय ५५ जनालाई सुरक्षित स्थानमा सारिएको बताए । उनीह्रु आ–आफ्नो पालिकाको पायक पर्ने विद्यालयमा बसेका छन भने स्थानीय तहले उनीहरुको बसोबास र खानपीनको ब्यवस्था गरिरहेको छ ।

प्रदेश विपत ब्यवस्थापन कार्यकारी समितिले प्रदेश भरीमा ३६५ घरमा क्षत्ी भएको जनाएको छ । अविरल वर्षाका कारण कञ्चनपुर बढि प्रभावित बनेको छ । लगातारको वर्षा पछि स्थानीयको उद्धारका लागि नेपाल प्रहरीले मात्रै प्रदेश भरी २५ प्रहरी खटाएको डिआईजी केसीले बताए ।

सुदूरपश्चिमका ७ पहाडि जिल्ला डोटी, डडेल्धुरा, बैतडी, दार्चुला, बझाङ, अछाम र बाजुरा जाने सडकहरु खुल्दै बन्दै हुदै भईरहेको छ । तर सोमबार दिउसो देखि सुदूरपश्चिमको मौसममा सुधार आएको छ । कैलाली र कञ्चनपुर सहित केही पहाडि जिल्लामा दिउसो पछि घाम लागेको छ ।