Skip to main content

कैलाली–कञ्चनपुरका बस्तीमा पानी घटेपछि घर फर्किदै बाढीपिडितहरु

Submitted by editor on
कञ्चनपुरमा ११ सय १२ परिवार मध्ये ५ सय परिवार र कैलालीका १६५ परिवार मध्ये ७३ परिवार मात्र घर फर्किन बाँकी छन ।
ईबिगुल संवाददाता
घर फर्किन थालेका छन

धनगढी : कैलाली र कञ्चनपुरमा डुबान भएपछि विस्थापित भएका स्थानीय पानीको सतह घटेसँगै घर फर्किन थालेका छन । कञ्चनपुर र कैलालीमा सोमबार दिउसोसम्म १३ परिवारका ३५ सय भन्दा बढी मानिसहरु विस्थापित भएका थिए ।

कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद सापकोटाले मंगलबार अपरान्हसम्म ५ सय परिवार मात्रै घरफर्किन बाँकी रहेको बर्ता । ‘सोमबासम्म ११ सय १२ परिवार विस्थापित भएका थिए, त्यसमध्ये मंगलबार अपरान्हसम्म आधा भन्दा बढी परिवार घर फर्किसकेका छन’ उनले भने । ‘अब ५ सय परिवार फर्किन बाँकी छन, बेलुकीसम्म अधिकांस घर गईसक्नेछन ।’

कञ्चनपुरको दोधाराचाँदनी, भीमदत्तपन्त र पुर्नबास नगरपालिका तथा बेलडाँडी गाउँपालिकाका ११ सय १२ परिवार विस्थापित भएका थिए । अहिले चारवटै स्थानीय तहका केही विद्यालयमा बसेकाहरु फर्किन सकेका छैनन । ‘घर आँगनमा पानी घटेकाहरु फर्किएका छन, अझै धेरै स्थानमा पानी घटेको छैन’ प्रमुख जिल्ला अधिकारी सापकोटाले भने ।

कैलालीमा पनि १६५ परिवारका ६८२ जना विस्थापित भएका थिए । ‘ती मध्ये ७३ परिवारका ३०७ जना घर फर्किन बाँकी छन, अरु सबै पानी घटेको भन्दै घर फर्किसकेका छन’ कैलालीका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र कुमार मिश्रले भने । 

कैलालीमा टीकापुर, भजनी नगरपालिका, जोशीपुर र कैलारी गाउपालिका बढी प्रभावित भएका थिए । सोमबार दिउसो देखि सुदूरपश्चिमको मौसममा सुधार आएपछि डुबान भएको क्षेत्रमा पानी घटिरहेको छ ।