Skip to main content

अब धनगढी उपमहानगरका आफ्नै नगर बस

Submitted by editor on
ईबिगुल संवाददाता
नगरबस

धनगढी : धनगढी उपमहानगरपालिकाले नगर क्षेत्रमा आफ्नै नगरबस चलाउने भएको छ । धनगढी उपमहानगरपालिकाले फूलबारी–धनगढी चौराहा–सहिद गेट–क्याम्पस रोड हुँदै पुनः फूलबारीसम्म नगर बस चलाउने भएको हो ।

उपमहानगरपालिकाले सार्वजनिक सवारीका रुपमा नगर बस चलाउन मंगलबार बोलपत्र आह्वान गरेको छ । नगर बसका रुपमा चलाउन ६ वटा बसलाई १० वर्षका लागि ठेक्का लगाउन ३० दिने सूचना प्रकाशित गरिएको मेयर गोपाल हमालको सचिवालयले जनाएको छ ।

नगर बस चलाउन वार्षिक न्यूनतम २१ लाख ६० हजार (मूल्य अभिवृद्धि कर बाहेक) तोकिएको छ । बस सेवा सञ्चालनको ठेक्का सम्झौता गर्न इच्छुक कम्पनी तथा फर्मलाई बोलपत्र पेस गर्न सार्वजनिक सूचना जारी गरिएको हो ।