Skip to main content

डडेल्धुरामा मृत अवस्थामा चितुवा फेला

Submitted by editor on
धनबहादुर भण्डारी
 चितुवा

डडेल्धुरा : डडेल्धुरामा चितुवा मृत अवस्थामा फेला परेको छ ।  जिल्लाको गन्यापधुरा गाउँपालिका–१ छब्बिसे मोड स्थित जानकी सामुदायिक बनमा चितुवा मृत अवस्थामा फेला परेको डिभिजन बन कार्यालय डडेल्धुराले जनाएको छ । 

मृत चितुवाको पोर्टमाटम गरेर जिल्ला वन परिषरमा खाल्डोमा गाडीएको डिभिजन वन कार्यालय डडेल्धुराका प्रमुख सुरेश चन्द्र डिसीले बताए । उनले जनप्रतिनिध, प्रहरी र पत्रकारहरूको रोहबरमा चितुवालाई खाल्टोमा  पुरिएको बताए । 

उनका अनुसार उक्त चितुवाको तौल ३३ केजी, ५ फिट ५ इन्ज लम्बाई र २ फिट ३ इन्च उचाई रहेको छ । चितुवा के कारणले मरेको हो पत्ता लागेको छैन । अनुसन्धान गरिने बन कर्मचारिले बताएका छन ।