Skip to main content

प्रदेश प्रमुखद्वारा सुदूरपश्चिममा संसदको विषेश अधिवेशन आह्वान

Submitted by editor on
विहीबार राती १२ बजेबाट संसदको बजेट अधिवेशन अन्त्य, साउन ८ गतेका लागि विषेश अधिवेशन आह्वान
शिवराज भट्ट
नजीर मिया

धनगढी : सुदूरपश्चिममा बजेट सुन्यताको अवस्था आएपछि प्रदेश प्रमुख नजीर मियाले साउन ८ गते संसदको विषेश अधिवेशन आह्वान गरेका छन । विहीबार मात्रै राती १२ बजेटबाट लागुहुने गरी प्रदेश प्रमुख मियाले संसदको बजेट अधिवशन अन्त्य गरेका थिए । 

संसद अधिवेशन अन्त्य भएकै भोलीपल्ट अथवा शुक्रबार संसदको एक चौथाई प्रदेश सभा सदस्यहरुले हस्ताक्षर सहित विषेश अधिवेशनको माग गरेपछि प्रदेश प्रमुख मियाले साउन ८ गतेका लागि विषेश अधिवेशन आह्वान गरेका हुन ।

संविधानमा संसदको अधिवेशन अन्त्य भएको अवस्थामा कम्तीमा पनि एक चौथाई सांसदहरुले हस्ताक्षर गरि विषेश अधिवेशन माग गर्नसक्ने प्रावधान छ । मुख्यमन्त्री सोडारीले असारको ३० गते संसदको बजेट अधिवेशन अन्त्य गर्न भन्दै प्रदेश प्रमुख मियालाई पत्र पठाएका थिए । तर मिया बाहिर भएकाले विहीबार मात्रै उक्त पत्र माथि कारवाही भएको हो ।

अहिले सरकारमा रहेका दलहरु र नयाँ बनेको गठबन्धनबीच जँुँगाको लडाई जस्तै भएको छ । अल्पमतमा परेका मुख्यमन्त्री दीर्घ बहादुर सोडारी ३० दिन अगावै सरकार छोडने मुडमा देखिदैनन भने उनले अध्यादेशमाफर्त बजेट ल्याउने प्रयास निस्तेज पार्ने प्रयासमा नयाँ सत्ता गठबन्धनका दलहरु लागि परेका छन ।
सोडारीलाई पटक पटक राजीनामा दिएर नयाँ सरकारको बाटो सहज पार्न र बजेट शून्यताको अवस्थाबाट प्रदेशलाई जोगाउन नयाँ गठबन्धनका दलहरु आग्रह गरिरहेका छन तर सोडारी पनि अल्पमतको परेको ३० दिन सम्मको समयसीमा भीत्र सहजै सत्ता नछोडने दाउँमा देखिएका छन । 

प्रदेश प्रमुखले विषेश अधिवेशन बोलाई सकेपछि सोडारी नेतृत्वको सरकारलाई अध्यादेश मार्फत बजेट ल्याउने नैतिक संकट पर्ने देखिन्छ । ‘संसद सार्वभौम हो, ४ दिनपछि विषेश अधिवेशन बोलाईएको छ, अध्यादेश ल्याउने कारण पनि सोही अधिवेशनमा भन्दा भई हाल्छ’ अब भने सोडारीलाई नैतिक संकट देखिन्छ’ एकजना कानूनविद भन्छन । ‘विषेश अधिवेशन बोलाई सकेपछि देखिएका संकटको पनि संसदबाटै समाधान खोज्नुपर्छ ।’

सोडारी नेतृत्वको सरकारले असार १ गते ल्याएको बजेट असारमा पास हुन नसकेपछि अहिले प्रदेशभरी करसंकलनको कार्य बन्द भएको छ । यातायात, मालपोत र नापी, स्थानीय तहका लागि तोकिएका अधिकांस करहरु बन्द भएका छन । अहिले प्रदेशमा बजेट सुन्यताको अवस्था रहेको छ ।