Skip to main content

मेडिकल विश्वविद्यालयको आन्दोलन, आज सर्वपक्षिय छलफल

Submitted by editor on
ईबिगुल संवाददाता
अत्तरिया

धनगढी ः सरकारले मेडिकल विश्वविद्यालयको सञ्चालनमा चासो नलिएको भन्दै आन्दोलनमा उत्रीएको संघर्ष समितिले आज सर्वपक्षिय छलफल गर्ने भएको छ । धनगढीको देव तालिम केन्द्रमा सर्वपक्षिय छलफल गरी आन्दोलनको आगामी रणनीति अपनाईने संघर्ष समितिका संयोजक लोकरा पाण्डेले जानकारी दिए । 


यसअघि मंगलबार मात्रै संघर्ष समितिका पदाधीकारी र सर्वसाधारणले विहान साढे १० बजे देखि ११ बजेसम्म आधाघण्टा प्रदेश प्रमुख देवराज जोशीको कार्यकक्ष बाहिर धर्ना दिएका थिए ।


सोमबार अर्थमन्त्री प्रकाशसरण महतले संसदमा सम्बोधनका क्रममा अझै प्रस्ट कुरा नगरेको भन्दै उनीहरुले आन्दोलन जारी राखेका छन । अर्थमन्त्री महतले गेटामा मेडिकल विश्वविद्यालय नै बनाईने भन्दा पनि त्यहाँ मेडिकल कलेज, स्वास्थ्य विज्ञान प्रतिष्ठान वा विश्वविद्याय जे बनाएपछि सरकारले एक अर्व १५ करोड रकम विनियोजन गरेको भन्दै संसदमा सम्बोधन गरेका थिए ।


६ सय शैयाको अस्पताल सहित साढे ५ अर्वका संरचना तयार भईसकेको गेटा मेडिकल कलेजका बारेमा नीति तथा कार्यक्रम र बजेटमा फरक÷फरक कुरा आएपछि सुरु भएको आन्दोलन निरन्तर छ । सोमबार प्रतिपक्षमा रहेका दल नेकपा एमाले र राप्रपाले प्रदेश संसदको बैठक बहिस्कार गरेका थिए । प्रतिपक्षले पनि गेटामा मेडिकल विश्वविद्यालय घोषणा हुनुपर्ने बताएका छन । 


सोमबार प्रधानमन्त्री, परराष्ट्रमन्त्रीले समेत गेटामा मेडिकल विश्वविद्यालय बनाईने अभिब्यक्ति दिएपनि, आन्दोलनकारीहरुले भने त्यो कुरा लिखित दस्तावेजमा आउनुपर्ने माग गरेका छन । 


जेठको ५ गते राष्ट्रपति रामचन्द्र पौडेलले संयुक्त रदनमा प्रस्तुत गरेको नीति तथा कार्यक्रममा गेटमा मेडिकल विश्वविद्यालय बनाउने कुरा उल्लेख छ । तर नीति तथा कार्यक्रमको ९ दिन पछि अथवा जेठ १५ गते अर्थमन्त्री डाक्टर प्रकाश सरण मतहले प्रस्तुत गरेको बजेट बक्तब्यमा भने गेटामा सहिद दसरथ चन्द स्वास्थ्य विज्ञान प्रतिष्ठान बनाईने र एक सय शैयाको अस्पताल सञ्चालनमा ल्याउने कुरा उल्लेख भएपछि स्थानीय विरोधमा उत्रिएका हुन । 


गेटामा साढे ५ अर्बका संरचना बनिसकेका छन । यसअघिको ब्यवस्थापिका संसदमा चित्रलेखा यादवको अध्यक्षतामा तत्कालिन संघीय सांसद योगेश भट्टराई, नारदमुनी राना, डाक्टर दिपक प्रकाश भट्ट सहितको संसदको स्वास्थ्य समितिले पनि गेटामा मेडिकल विश्वविद्यालय बनाउन सकिने प्रतिवेदन दिएको थियो भने प्रधानमन्त्री पुष्पकमल दाहालले प्रधानमन्त्री भएपछि गेटाका निर्माणधीन संरचनाको निरिक्षण गर्दै २०७९ माघको २९ गते गेटामा मेडिकल विश्वविद्यालय बनाउने क्याबिनेट निर्णय नै गराएका थिए ।