Skip to main content

मस्तिष्कघात भएपछि पूर्व फुटबल प्रशिक्षक खडकाको निधन

Submitted by editor on
ईबिगुल संवाददाता
लाल बहादुर खडका

धनगढी  : पूर्व  फुटबल प्रशिक्षक लाल बहादुर खडकाको मस्तिष्क घातका कारण निधन भएको छ । धनगढी उपमहानगरपालिका वडा नम्बर ४ उत्तरबेहडीमा स्थाई बसोबास भएका खडकाको ५९ वर्षकै उमेरमा निधन भएको हो । पारिवारिक स्रोतका अनुसार उनको मंगलबार विहान सौचालयमा गएका बेला मस्तिष्कघात भएको थियो । 

सौचालयमा लडेका खडकाको टाउकोमा रगत जमेको देखिएको पारिवारिक स्रोतले जनाएको छ । मस्तिष्कघात पछि उनलाई मायामेट्रो अस्पतालमा लगिएको र अस्पतालमै निधन भएको बताईएको छ । 

खडका पूर्व राष्ट्रिय फूटबल खेलाडी हुन । राष्ट्रिय खेलाडीका साथै उनी फूटबलका कैलाली जिल्ला प्रशिक्षक, सुदूरपश्चिम क्षेत्रीय प्रशिक्षक समेत भएका थिए । उनकै प्रशिक्षणमा रहेको सुदूरपश्चिम क्षेत्रीय फूटबल टोली, २०६८ सालमा धनगढीमा आयोजना भएको छैटौं राष्ट्रिय खेलकुद प्रतियोगितामा च्याम्पीयन भएको थियो ।