Skip to main content

भदौ ८ गतेदेखि धनगढीमा गौरा महोत्सव हुँदै

Submitted by editor on
ईबिगुल संवाददाता
गौरा महोत्सव

धनगढी : कैलालीको धनगढीमा गौरा महोत्सव आयोजना गरिने भएको छ । सुदूरपश्चिम प्रज्ञा प्रतिष्ठान र डेउडा प्रतिष्ठानको संयुक्त आयोजनामा धनगढीमा गौरा महोत्सव हुने भएको हो ।

धनगढी उपमहानगरपालिका–१ मा रहेको खुला मञ्चमा भदौ ८, ९ र १० गते गौरा महोत्सव सञ्चालन गरिने सुदूरपश्चिम प्रज्ञा प्रतिष्ठानका उपकुलपति टिएन जोशीले बताए ।

गौरा पर्वको महत्व झल्किने गौरा महोत्सव यस वर्ष पृथक तरिकाले आयोजना गरिने उनले बताए । यसबर्ष विद्यालयस्तरीय डेउडा प्रतियोगिता पनि समावेश गरिनेछ । डेउडा प्रतियोगितामा डेउडीयालाई समेत सम्मान गरिने डेउडा प्रतिष्ठानका अध्यक्ष दलबहादुर बोगटीले बताए ।

डेउडा प्रतियोगितामा प्रथम हुनेलाई ११ हजार १ सय ११, दोस्रो हुनेलाई ७ हजार ७ सय ७७, तेस्रो हुनेलाई ५ हजार ५ सय ५५ र सान्त्वनावाफत ३ हजार ३ सय ३३ नगदसहित प्रमाणपत्र प्रदान गरिने डेउडा प्रतिष्ठानका कोषाध्यक्ष प्रेम विवश चन्दले बताए ।