Skip to main content

प्रतिनिधि सभाको शिक्षा समितिका पूर्व सभापति भन्छन, ‘समितिले चाह्यो भने विधेयक माथिको छलफल एक दिनमा टुंगिन्छ’

Submitted by editor on
प्रतिनिधि सभाको शिक्षा विज्ञान तथा सूचना प्रविधि समितिका पूर्व उपसभापति भानुुभक्त जोशीले विधेयक उपर १५ जना सांसदको मात्र संसोधन परेको बताए ।
ईबिगुल संवाददाता
भानुुभक्त जोशी

धनगढी :  शिक्षा विज्ञान तथा सूचना प्रविधि समितिका सभापति अमर बहादुर थापाले संसदको चालु अधिवेशनमा सहिद दसरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्याय सञ्चालन सम्बन्धि विधेयक पास हुन नसक्ने बताई रहेका बेला सोही समितिका पूर्व सभापति भानुुभक्त जोशीले भने त्यसमा दुुई दिनको पनि काम नभएको बताएका छन ।

ईविगुलसँगको कुराकानीमा प्रतिनिधि सभाको शिक्षा विज्ञान तथा सूचना प्रविधि समितिका पूर्व उपसभापति जोशीले  विधेयक उपर १५ जना सांसदको मात्र संसोधन परेको बताए । ‘मैले सोमबार समितिमा गएर विधेयकको विवरण ल्याएको छु । १५ जना माननीयहरुले संसोधन हालेका छन । ती माननीय ज्युसँग दुुई चरणमा छलफल गरे एकै दिनमा पनि समितिले काम सक्ने देखिन्छ’ जोशीले भने ।

उनले संसदीय समितिले यस विधेयकमा चासो नलिएको गुनासो गरे । ‘समितिले चाहेमा एक दिनको काम पनि छैन । १५ जना माननीयहरुलाई २ समूह बनाएर बोलाएपनि भईहाल्यो, एकै समुहमा पनि छलफल गरेर टुंगाउन सकिन्छ । त्यती धेरै विवादीत संसोधन पनि छैन, तर समितिका सभापतिको चासो हुनुप¥यो’ जोशीले भने ।

२०७९ साल माघ २९ गतेको मन्त्रीपरिषदको बैठकले गेटाका संरचनामा सहिद दसरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय बनाउने निर्णय गरेको थियो । त्यपछि अशोक कुमार राई शिक्षा विज्ञान तथा प्रविधिमन्त्री भएका बेला ‘सहिद दसरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक २०८०’ राष्ट्रिय सभामा दर्ता गरियो । 

२०८० सालको असोज १९ गते दर्ता गरिएको  ‘सहिद दसरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक २०८०’ २०८० सालकै माघ २४ गते राष्ट्रिय सभाले पास गरेको थियो । अहिले उक्त विधेयक प्रतिनिधि सभामा टेबुल भएर दफावार छलफलका लागि शिक्षा स्वास्थ्य प्रविधि तथा सूचना समितिमा अडकिएको छ ।