Skip to main content

देश छोडनेका पिडा पोखिएको ‘साहिँला दाइ’ स्रोतामाझ

Submitted by editor on
साहिला दाई पत्रकार शिवराज योगी र सर्जक भीम बिसीको अर्को सहयात्रा हो । यसमा शम्भु रैका र प्रेरणा विश्वकर्माले आवाज दिएका छन ।
ईबिगुल संवाददाता
‘साहिँला दाइ’

धनगढी  ः धेरै पहिले जनताले चाहेको व्यवस्था फरियो । त्यसपछि पटक पटक सत्ता फेरियो । वर्षमै तीनचारवटा सरकार फेरियो । तर कहिल्यै जनताको अवस्था फेरिएन । 

र त, आज देशै रित्तिजानेजसरी विदेशिनेको लर्को लागेको छ । युवा मात्रै होइन, अधबैंसेलाई पनि देशको अवस्थादेखि झर्को लागेको छ । हो यही भावमा संचारकर्मी तथा गीतकार शिवराज योगीले रचना गरेको ‘साहिँला दाइ’ बोलको गीत सार्वजनिक भएको छ ।

कोरोना कालमा संगीतकार भिम बिसीसँगको सहकार्यमा ‘ऐना हेरी हेरी’ बोलको गीत रचना गरेका योगीले ‘साहिँला दाइ’ पनि बिसीसँगै सहकार्य गरेका हुन् । सैयौँ गीतमा संगीत दिइसकेका बिसीले ‘साहिँला दाइ’ को संगीत पनि शब्दको भावमाथि न्याय हुने गरी निर्माण गरेका, रचनाकार योगीले बताए ।

युद्धकालपछि राजनीति व्यवस्था परिवर्तन भएत देशले मुहार फेर्छ होला, स्वदेशमै धेरैथोक हुन्छ होला भन्ने आम भावनामा झनै ठेस लागेको कुरालाई रचनाकारले भनेका छन ।

खोर्सिँदैमा साहिँली दिदी जिन्दगी खिइगयो
व्यवस्थाले साहिँली दिदी आस मात्रै दिइगयो
पीरैपीरकै भिर...

जनतालाई आसैआस मात्र अनि राजनीतिक नेपथ्यमा भइरहने एकपछि अर्को बेइमानीले किशोरवयमै हरेक नेपाली देश छोड्न चाहने र त्यसले सामाज तथा पारिवारहरुमा छाएको निराशा समेटिएको गायक शम्भु रैका र प्रेरणा विश्वकर्माले न्यायपूर्ण आवाज दिएका छन् ।

बुढेसकालको सहारा टिकेन आगनमा
चरीजस्तै साहिँला दाइ उडीगयो गगनमा
पीरैपीरको भीर ...

गायिका प्रेरणा सुदूरपश्चिमको कञ्चनपुर गुलरिया ५ मा जन्मिएर सांगीतिक क्षेत्रमा होमिएकी नयाँ अनुहार हुन् । उनीे नेपाल आइडल सिजन ५ को पहिलो गोल्डेन माइक विजेता हुन । नेपाल आइडलको टप १० मा पर्न सफल उनी यतिबेला काठमाडौंमा  संगीत प्रशिक्षणसँगै लिङ्कन कलेजमा छात्रवृत्तिमा बिबिएस अध्ययनरत छिन् ।  

शम्भु रैका दुई दशकदेखि सांगीतिक क्षेत्रमा छन् । विभिन्न परिस्थितिले सांगीतिक क्षेत्रबाट केही ओझेल परेका रैका कैलालीको धनगढीका स्थायी बासिन्दा हुन । २०६२ सालमै पहिलो गीत रेकर्ड गराइसकेका रैका २०६४ को सुदूरपश्चिम आइडल गायनमा विजयी प्रतिभा हुन । एमएसम्मको अध्ययन गरेका उनले चलचित्र र एल्बमहरुमा गरेर तीन दर्जन गीत रेकर्ड गराइसकेका छन्। 

गीतको भिडियोमा क्रिस बम र निरुता बिष्टको अभिनय छ । निरुता त्यस्ती नायिका हुन जसका श्रीमान लामो समयदेखि अस्पतालको शय्यामा छन् । उनी हरेक दिन आफ्नो श्रीमानको आवाजका लागि इश्वर पुकारिरहेकी हुन्छिन् । हरेकपल असक्त श्रीमानको सेवामा समर्पित भएको कुरा उनले सामाजिक सञ्जालमा सार्वजनिक गरिरहेकी हुन्छिन् । 

हरिभक्त बुढाथोकीको प्रस्तुति रहेको ‘साहिँला दाइ’ गीतको भिडियो निर्देशन तथा निर्माण बिक्रम चौहानले गरेका हुन् । प्रकाश खडकाले खिचेको भिडियो सम्पादन मीन रावलले गरेका हुन । विश्व अधिकारीको एरेन्ज्, सुमन र खुमन रानाले रेकर्ड गरेको म्युजिक भिडियोको मिक्सिड कुमार रानाले गरेका हुन् ।