Skip to main content

सुदूरपश्चिमाञ्चल संस्कृति सम्वर्धन समिति बनदेबीको साधारणसभा सम्पन्न

Submitted by editor on
ईबिगुल संवाददाता
साधारण सभा

धनगढी : सुदूरपश्चिमाञ्चल संस्कृति सम्वद्र्धन समिति बनदेबी धनगढी कैलालीको २२ औं साधारण सभा सम्पन्न भएको छ । साधारण सभाले गत वर्षको आयब्यय र आगामी वर्षको अनुमानित खर्च विवरण पास गरेको छ ।

साधारण सभाले सचिव घनश्याम भट्टले प्रस्तुत गरेको सांगठनीक प्रतिवेदन र कोषाध्यक्ष महेन्द्रदेव पाण्डेको आर्थिक प्रतिवेदन पास गरेको छ । साधारण सभाले संस्थाको विधानका केही बुँदाहरु संसोधन समेत गरेको छ । 

यस्तै साधारण सभाले निस्कृय रहेका उपाध्यक्ष र सहसचिवमा नयाँ पदाधीकारी चयन गरेको छ । उपाध्यक्षमा बाशुदेब भट्टको स्थानमा नरेन्द्रराज जोशीलाइ नियुक्त गरिएको छ भने सहसचिवमा अर्जुन भाटलाई पदमुक्त गरी ई. प्रेम बहादुर केसीलाई नियुक्त गरेको छ । 

साधारण सभाको अध्यक्षता संस्थाका अध्यक्ष भोजराज भट्टले गरेका थिए भने प्रमुख अथितिमा पूर्व उद्योग पर्यटन बन तथा वातावरणमन्त्री रमेश धामी रहेका थिए । प्रमुख अथिति धामीले सुदूरपश्चिमाञ्चल संस्कृति सम्वद्र्धन समितिले यस क्षेत्रको कला र संस्कृतीको जगेर्नाका लागि महत्वपूर्ण भूमीका  निभाईरहेको भन्दै प्रसंशा गरेका थिए ।