Skip to main content

गणतन्त्रका पक्षमा सुदूरपश्चिममा भोलि एमालेको शक्ति प्रर्दशन, २९ चैतमा विशेष जनसभा

Submitted by editor on
ईबिगुल संवाददाता
 प्रर्दशन

धनगढी : नेकपा एमालेले सुदूरपश्चिम प्रदेशका सबै जिल्लामा एकसाथ शक्ति प्रर्दशन गर्ने तयारी गरेको छ । एमालेले संघीय लोकतान्त्रिक गणतन्त्रका पक्षमा भोलि प्रदेशका ९ वटै जिल्लामा शक्ति प्रर्दशन गर्ने भएको हो ।

एमाले सुदूरपश्चिम प्रदेश कमिटीका सचिव रणबहादुर चन्दले पार्टीको निर्णयअनुसार सोमबार (भोलि) सबै जिल्लामा मोटरसाइकल र्याली तथा जागरण सभामार्फत गणतन्त्रका पक्षमा शक्ति प्रर्दशन गर्न लागिएको जानकारी दिए ।

चन्दकाअनुसार कैलालीमा मात्र तीन ठाउँमा मोटरसाइकल र्याली निकाल्ने तयारी छ । अत्तरियादेखि धनगढीसम्म, घोडाघोडी र टीकापुरमा छुट्टाछुट्टै मोटरसाइकल र्याली निकालिनेछ छ । अत्तरियादेखि धनगढीसम्म दिउँसो २ बजे मोटरसाइकल र्याली निकालिने सचिव चन्दले बताए ।पहिलो चरणमा सबै जिल्लामा मोटरसाइकल र्याली तथा जागरण भेला गर्न लागेको एमालेले २९ चैतमा भने धनगढीमा विशेष जनसभा गर्ने तयारी गरेको छ । संघीय लोकतान्त्रिक गणतन्त्रको पक्षमा एमालेले शक्ति प्रर्दशन गर्ने लक्ष्यसहित विशेष जनसभा आयोजना गरिरहेको हो । जनसभालाई एमालेका केन्द्रीय नेताहरुले सम्बोधन गर्न सुदूरपश्चिम प्रदेश कमिटीले जनाएको छ ।