Skip to main content

कैलालीमा बेपत्ता भएका दुई जना मृत फेला परे

Submitted by editor on
ईबिगुल संवाददाता
मृत फेला

धनगढीः कैलालीमा बेपत्ता दुई जना मृत फेला परेका छन्। जिल्लाको टीकापुर नगरपालिका–६ को बेलुबोझीका ८ वर्षीय बालक आरभ चौधरी मृत अवस्थामा फेला परेका छन्।

शनिबार साँझदेखि हराइरहेका आरभ आइतबार बिहान घर नजिकैको सडक छेउमा रहेको नालामा डुबेको अवस्थामा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक ९डीएसपी० कबीन्द्रसिंह बोहराले बताए। यस्तै, भजनी नगरपालिका–८ को गुडचौरामा लडेको अवस्थामा सोही स्थानका ५५ वर्षीय जयराम डगौरा पनि मृत फेला परेका छन्। यस विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।