Skip to main content

फुलबारी–धनगढी नगरबस सेवाको उद्घाटन, हरेक आधा घण्टामा बस छुटने

Submitted by editor on
शिवराज भट्ट
 नगरबस

धनगढी : धनगढी उपहमानगरपालिकाले नगरबसको उद्घाटन गरेको छ । धनगढीका तीन स्थानीय तह जोडने गरि कैलारी गाउँपालिकाको हसुलीया–धनगढीको फुलबारी हुदै क्याम्पस रोड र त्यसपछि गोदावरी नगरपालिकाको अत्तरिया जोडने गरी नगरबस सञ्चालन गरिन लागेको हो ।

धनगढी उपमहानगरपालिकाले ६ वटा नगरबस खरिद भरि नीजि क्षेत्रलाई ठेक्कामा दिएको छ । नेपाल सरकारले तोकेको भाडा भन्दा महंगो लिन नपाउने गरी हरेक आधा÷आधा घण्टामा निश्चित समयमा छुटने गरी नगरबस सञ्चालनमा आएको हो ।

धनगढीको वडा नम्बर १९ को फुलबारी बसपार्कमा आज एक कार्यक्रमका बीच नगर उपपप्रमुख कन्दकला रानाले सिटि बजाएर र हरियोझण्डा दखाएर नगरबस सेवाको उद्घाटन गरिन । उपहानगरलाई छिमेकी पालिकाहरुसँग जोडन र ग्रामीण भेगका जनतालाई सहजताका लागि नगरबस सञ्चालन गरिएको उपप्रमुख रानाले बताईन । 

नगरप्रमुख गोपाल हमाल आफै सहभागि भएको कार्यक्रममा बससेवाको उद्घाटन भने उपप्रमुख रानाले गरेकी थिईन । नगरप्रमुख हमालले धेरै जसो उद्घाटनका कार्यक्रमहरु उपप्रमुखबाट गराउदै आएका छन । उद्घाटन कार्यक्रममा बोल्दै नगरप्रमुख हमालले उपमहानगर भएपनि फुलबारी क्षेत्र ग्रामीण भेगमा पर्ने भएकाले फुलवारीलाई प्रार्थमिकतामा राखिएको बताए ।

‘अटोरिक्साको भाडा पनि महंगो हुने र उपमहानगरबासीले समयमा पनि नपाउने भएकाले निश्चिम समयमा छुटने गरी बस सेवा सञ्चालन गरिएको हो’ नगरप्रमुख हमालले भने । नगरबसमा कहाँ पुग्यो भनेर घरबाटै लोकेशन हेर्न सकिने जिपिएस जडान गरिएका छन ।

नगर बसमा जिपिएस मात्रै होईन, महिला सुरक्षाका लागि भन्दै सिसिक्यामेरा समेत जडान गरिने भएका छन । बसभीत्र महिलामाथि हुने दुब्र्यवहार, यौन दुब्र्यवहार गर्नेलाई कानूनी दायरामा ल्याउन सहज होस भनेर यस्तो गरिएको नगर प्रमुख गोपाल हमालले बताए । 
‘यात्रु र तिनले बोक्ने सामानको सुरक्षाका लागि सिसिटिभी क्यामेरा जडान गरिएको छ । यस्तै, बस आएको घरबाटै थाहा पाउन र चढ्ने स्थानमा ठिक समयमा पुग्न सहज होस् भनेर जिपिएस प्रणाली जडान गरिएको हो’ नगरप्रमुख हमालले भने ।

सम्भावित आगलागीबाट बच्न हरेक बसमा अग्नि नियन्त्रण यन्त्र राखिएको छ भने चालकलाई बस रोकाउन घण्टी बजाउन मिल्ने स्वीच राखिएको छ । नगर बसलाई वातावरणमैत्री बनाउन हरियो रङको पेन्टिङ गरिएको छ । 

बसमा सुदूरपश्चिमका धार्मिकस्थल तथा सांस्कृतिक पहिचान झल्काउने पोस्टर र पेन्टिङ गरिएको छ । बसमा सांस्कृतिक पहिरन, नृत्य, पर्व र स्थानीय जातजातिका भेषभूषा झल्किने गरी पेन्टिङ गरिएको नगर उप–प्रमुख कन्दकलाकुमारी रानाले बताईन ।

उपमहानरपालिकाले वार्षिक २८ लाख भाडामा उक्त नगरबस एक नीजि कम्पनीलाई सञ्चालन गर्न दिएको छ । उक्त नीजि कम्पनीसँग १० वर्षको सम्झौता समेत गरिएको छ । पहिलो चरणमा धनगढी उपमहानगरपालिका वडा नम्बर १९ फूलबारी बसपार्कबाट धनगढी सहिद गेटसम्म नगर बस सेवा सञ्चालन गर्ने योजना बनाइएको छ । फूलबारी–धनगढी–सहिद गेट रुटमा नगर बस सेवा सफल भए उर्मा लगायतका ग्रामीण भेगमा समेत नगर बस सेवा विस्तार गरिने नगरप्रमुख हमालले बताए ।

विद्यालय र कलेज पढ्न आउने विद्यार्थीहरूले घरबाटै पढ्न आउन सहज होस् भनेर पनि नगर बस चलाएको मेयर हमालले बताए । यस्तै, गाउँमा उत्पादन भएको कृषि उपजलाई बजारसम्म ल्याउन सहज होस् भन्ने उद्देश्यले ग्रामीण क्षेत्रबाट नगर बस सेवा चलाउने प्रक्रिया अगाडि बढाइएको नगर प्रमुख हमालले बताए ।