Skip to main content

धनगढीमा भब्यताका साथ मनाईयो संविधान दिवश (तस्बिरहरु)

Submitted by editor on
शिवराज भट्ट
संविधान दिवश

धनगढी : सुदूरपश्चिमको राजधानी धनगढीमा संविधान दिवश भब्यताका साथ मनाईएको छ । नेपाली सेना, नेपाल प्रहरी, शसस्त्र प्रहरी र नगर प्रहरीको बाजागाजा सहितको टोलीले धनगढीको सहिद गेटबाट प्रभातफेरि निकालेको थियो ।

प्रभातफेरिमा विभिन्न विद्यालयका विद्यार्थीहरु, संघसंस्थाका पदाधीकारीहरु, विभिन्न झाँकी सहित प्रभातफेरिको आयोजना गरिएको थियो । प्रभातफेरि पछि प्रदेश प्रमुख नजीर मिँयाले आन्तरिक मामिला मन्त्रालयको परिषरमा झण्डोत्तलन गरेर संविधान दिवश समारोहको उद्घाटन गरेका थिए ।

झण्डोत्तोलन पूर्व प्रदेश प्रमुख मियालाई नेपाली सेनाको एक टुकडीले सलामी अर्पण गरेको थियो । संविधान दिवश मुल समारोह समितिका अध्यक्ष तथा मुख्यमत्री कलम बहादुर शाहले अझै पनि केन्द्रिकृत मानसिकताका कारण प्रदेशहरु बलियो हुन नसकेको बताएका छन । उनले संघ सरकारमा बसेकाहरुले प्रदेशका अधिकार प्रत्यायोजनमा चासो नलिएका कारण प्रदेशको विकासमा समस्या भईरहेको बताए । 

संविधान दिवश तथा राष्ट्रिय दिवश मूल समारोह समितिका संयोजक समेत रहेका मुख्यमन्त्री शाहले संघले प्रदेशका अधिकार पूर्ण रुपमा प्रत्यायोजन नगर्दा सम्म जनताको अपेक्षा अनुसार काम गर्न नसकिने बताए ।

उनले सुदूरपश्चिमका जनताका विकासको तिब्र चाहना अनुसार सरकार काम गर्ने बताए । ‘सुदूरपश्चिम प्रदेशका नागरिकको मुहारमा विकास र समृद्धीको सुख दिन हामीले अझै धेरै काम गर्न बाँकी छ । यसका लागि सबै पक्षका साथ र समर्थन लिदै जनअपेक्षिक काममा सरकार लाग्नेछ’ उनले भने । 

यस्तै  सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुख नजिर मियाँले संविधान दिवसले दिगो शान्ति सुशासन र समृद्धिको बाटोमा लम्किन प्रेरित गर्ने अपेक्षा व्यक्त गरेका छन् ।

संविधान दिवसका अवसरमा शुभकामना सन्देश जारी गर्दै प्रदेश प्रमुख मियाँले संघर्ष र बलिदानको प्रतिफल स्वरूपले नेपालमा संविधान जारी भएको स्मरण गरेका छन् । 

‘नेपाली जनताले पटक पटक गर्दै आएको संघर्ष र बलिदानको प्रतिफल स्वरूप ऐतिहासिक संविधानसभा मार्फत २०७२ साल असोज ३ गते नेपालको संविधान जारी भएको ऐतिहासिक उपलब्धिको सम्झना र सम्मान स्वरूप आज हामी संविधान दिवस मनाइरहेका छौँ’ प्रदेश प्रमुख मियाँले जारी गरेको शुभकामना सन्देशमा उल्लेख गरिएको छ ।

प्रदेश प्रमुख मियाँले स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा शुभकामना व्यक्त गरेका छन् ।