Skip to main content

दुर्घटनामा घाईते भएका देउडा प्रतिष्ठानका अध्यक्ष बोगटीको निधन

Submitted by editor on
ईबिगुल संवाददाता
दलबहादुर बोगटी


धनगढी : दुर्घटनमा परेर घाईते भएका देउडा प्रतिष्ठान सुदूरपश्चिम प्रदेश अध्यक्ष दलबहादुर बोगटीको निधन भएको छ । दुर्घटना पछि गम्भिर घाईते भएका बोगटीको उपचारको क्रममा धनगढीस्थित माया मेट्रो अस्पतालमा निधन भएको हो ।

कैलाली प्रहरीका अनुसार भदौ ३१ गते राति हायसले ठक्कर दिदा घाइते भएका बोगटीको बिहिवार दिउसो निधन भएको छ । मायामेट्रो अस्पतालका प्रमुख डाकटर मोहन साउदले पनि टाउकोमा गम्भिर चोट लागेका बोगटीको निधन भएको बताए । 

धनगढी उपमहानगरपालिका–६ जालीमा ०१–०००१ ज १५२८ नम्बरको हायसले उनलाई ठक्कर दिएको थियो । उनको टाउकोमा गम्भीर चोट लागेको थियो । ठक्कर दिने हायसका चालक प्रहरीको नियन्त्रणमा छन् । बोगटी भूतपूर्व प्रहरी संगठनका कैलाली जिल्ला अध्यक्ष पनि हुन । 

उनी नेपाल प्रहरीको अवकाश प्राप्त सहायक प्रहरी निरीक्षक (असई) पनि हुन् ।