Skip to main content

मायामेट्रो हस्पिटलका डाक्टर पौडेल नेपाल विद्याभूषण (क) पदकका लागि छनौट

Submitted by editor on
ईबिगुल संवाददाता
मायामेट्रो हस्पिटल

धनगढी : कैलालीको धनगढी स्थित मायामेट्रो हस्पिटलमा कार्यरत वरिष्ठ न्यूरो सर्जन डाक्टर हरी पौडेल नेपाल विद्याभूषण (क) बाट विभुषित हुने भएका छन । राष्ट्रिय शिक्षा दिवसको अवसरमा नेपाल विद्याभूषण पाउनेमा डाक्टर पौडेलको पनि नाम रहेका अस्पतालले जनाएको छ ।

पौडेल न्यूरो सर्जरी विषयमा एमसिएच हुन । शिक्षा दिवशका अवसरमा नेपाल सरकार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले दिने उक्त पुरस्कारका लागि पौडेल पनि छनौटमा परेका हुन ।  

शिक्षा दिवसको अवसरमा सरकारले सार्वजनिक गरेको उच्च शिक्षा तर्फको विद्याभूषण÷ विद्यापदक प्राप्त गर्नेहरुको सुचीमा डा.पौडेलको नाम रहेको छ । मन्त्रालयले तीन÷चार वर्षदेखि उक्त पुरस्कार वितरण गरेको थिएन । देश भरिमा विद्याभुषण (क) २६४ जनाले प्राप्त गर्नेछन ।