Skip to main content

बझाङमा चितुवाको छालासहित एक जना पक्राउ

Submitted by editor on
ईबिगुल संवाददाता
चितुवाको छालासहित एक जना पक्राउ

बझाङ : बझाङमा चितुवाको छालासहित एक जना पक्राउ परेका छन् । शुक्रबार साँझ थलारा गाउँपालिका– ८ गन्डाउनीका खगेन्द्रराज जोशी चितुवाको छालासहित सदरमुकाम चैनपुर बजारबाट पक्राउ परेका हुन् ।

उनको साथबाट टाउकोदेखि पुच्छरसम्मको लम्बाई  ८ फिट २ ईन्च र छातीको चौडाई ३ फिट २ ईन्च भएको सेतोमा कालो, खैरो रंगको बुट्टा भएको दाँत र पञ्जा सहितको चितुवाको छाला फेला परेको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ ।

उनलाई प्रहरी निरीक्षक किशोर जोशी खटिएको प्रहरी टोलीले शंका लागेर चेकजाँच गर्ने क्रममा हातमा बोकेको सिमेन्टको बोराभित्र लुकाएर चैनपरमा हिडिरहेको पक्राउ गरिएको प्रहरीले जनाएको छ । थप अनुसन्धानको लागि उनलाई जिल्ला कार्यालयको हिरासतमा राखिएको पनि प्रहरीले जनाएको छ ।