Skip to main content

सभामुख, शिक्षा र स्वास्थ्यमन्त्रीलाई स्वास्थ्य विज्ञान विश्वविद्यालय संघर्ष समितिको ज्ञापन

Submitted by editor on
गेटामा तीनसय शैयाको अस्पताल घोषणा र छिटो विधेयक पास गरिदिन माग
ईबिगुल संवाददाता
ज्ञापन पत्र

धनगढी : सहिद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय संघर्ष समितिले संघीय सरकारका सभामुख, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री र स्वास्थ्य तथा जनसंख्या मन्त्रीलाई ज्ञापन पत्र बुझाएका छन ।

सभाम्ुख  देवराज घिमिरेलाई सहिद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालयको विधेयक प्रतिनिधि सभाको शिक्षा स्वास्थ्य तथा सूचना समितिमा रहेकाले त्यसलाई छिटो सदनमा ल्याएर पास गराई दिन अनुरोध गरिएको छ ।

सभामुख घिमिरेले समितिबाट प्रतिनिधि सभामा विधेयक चाँडो ल्याउन निर्देशन दिएको बताउदै हिउँदे अधिवेशनमा उक्त विधेयक पास हुने बताएका सघर्ष समितिका उपसंयोजक आनन्द भट्टले बताए ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री विद्या भटराई पनि संघर्ष समितिले ज्ञापन बुझाएको छ । उक्त विधेयक मन्त्री भट्टराई नै प्रतिनिधि सभामा लेगेकी हुन । 

सङ्घर्ष समितिका संयोजक लोकराज पाण्डे (आगो), सह–संयोजक आनन्द प्रसाद भट्ट, माओवादी केन्द्रका केन्द्रीय सदस्य लछिराम आचार्य सहितको टोलीले ज्ञापन बुझाएको हो ।

मन्त्रीपरिषद्ले २०७९ माघ २९ गते गेटामा राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय सञ्चालन गर्ने नीतिगत निर्णय गरेको थियो । उक्त निर्णय कार्यान्वयन हुन नदिने देश तथा विदेशबाट चलखेल हुँदै आएको माओवादी केन्द्रका केन्द्रीय सदस्य लछिराम आचार्यले बताए । 

गेटामा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले ७ अर्बका संरचना निर्माण गरेको छ । शिक्षा मन्त्री भटराईले विश्व विद्यालय सञ्चालनको प्रक्रिया अगाडी बढेकाले नरोकिने बताइन । प्रतिनिधि सभाको हिउँदे अधिवेशनबाट ऐन पारित हुने तर्क मन्त्रीले संघर्ष समितिसँग गरेकी छन्  ।

सहिद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय संघर्ष समितिले स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेललाई पनि यसैवर्ष ३ सय शैयाको अस्पताल घोषणाको माग गरेका थिए । 

स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले तीन सय शैयाको अस्पताल सञ्चालनको तयारीमा रहेको बताएका थिए । उनले मन्त्रीपरिषद्बाट जनशक्तिका लागि निर्णय गर्ने समितिसँग भनेका हुन । उनले गेटा अस्पतालको सेवा विस्तार हुने बताएका छन । संघर्ष समितिले मंगलवार शिक्षा, स्वास्थ्य तथा प्रविधि समितिका सभापति अमर थापालाई ज्ञापन पत्र बुझाएको थियो ।