Skip to main content

हुम्ला बाहेकका मुलकका ७६ जिल्लामा फैलियो डेगुं

Submitted by editor on
एजेन्सीहरुको सहयोगमा
डेङ्गी

काठमाडौं : सरकारले डेङ्गीको महामारी फैलन नदिन देशभरका सरकारी कार्यालय परिसर सरसफाइ अभियान सञ्चालन गरेको छ ।  बिहीबार साँझको मन्त्रिपरिषद् बैठकले शुक्रबार बिहान १० बजे देशभरका सम्पूर्ण सरकारी कार्यालय परिसरमा सरसफाइ गर्ने निर्णय गरेसंगै सरसफाइ अभियान सञ्चालन गरिएको हो । 

केही जिल्लामा डेङ्गीको प्रकोप बढिरहेकाले यसलाई तत्कालै रोकथाम गर्न देशव्यापी रुपमा ‘लामखुट्टे खोजी र नष्ट’ अभियान थालिएको हो । सरकारले डेङ्गी नियन्त्रणमा सक्रिय सहभागिताका लागि सरोकारवाला निकाय, निजामति कर्मचारी, सुरक्षा निकाय, सामाजिक अभियन्ताका साथै आमनागरिक समक्ष आग्रह गरेको छ । 

सरकारको निर्णयसंगै ‘लामखुट्टे खोजी र नष्ट’ अभियान अन्तर्गत सिंहदरबारमा समेत सरसफाइ गरिएको नायवसुव्वा रामकुमार लम्सालले जानकारी दिए । डेङ्गी फैलन नदिन पानी जम्ने ठाउँ, मोटर ग्यारेज, कवाडी स्टोरलगायत जोखिम भएका स्थानमा सरसफाइ अभियानलाई निरन्रता दिने स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

हुम्लाबाहेक सबै जिल्लामा डेंगु संक्रमण फैलिएको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडिसिडी)को तथ्यांकअनुसार हुम्लाबाहेक ७६ जिल्लामा डेंगु संक्रमण फैलिएको हो ।

ईडिसिडीको तथ्यांकअनुसार ७६ जिल्लामा २२ हजार बढीमा डेंगु संक्रमण पुष्टि भएको छ भने ११ जनाको मृत्यु भइसकेको छ ।