धनगढी : भारतको साउथ मूभीमा चर्चा कमाएका पाँचजना कलाकार सहितको अभिनय रहेको नेपाली चलचीत्र ‘ह्स्व दीर्घ’ कार्तिक ३० गते देखि प्रदर्शन हुने भएको छ ।
सुदूरपश्चिम जन्मथलो रहेका निर्देशक चन्द्र पन्तले धनगढीमा पत्रकारहरुलाई यसको जानकारी दिएका हुन । पत्रकार सम्मेलनको आयोजना गर्दै नेपाल र भारतका लोकप्रिय कलाकारहरूले अभिनय गरेको फरक कथावस्तुका साथ चलचित्र ‘ह्रस्व दीर्घ’ प्रदर्शनमा आउन लागेको बताए ।
ज्योतिष हरिहर अधिकारी र अभिनेत्री नीता ढुंगानाको अभिनय रहेको चलचित्र नेपाल र भारत लगायत विभिन्न देशमा नेपाली, हिन्दी र अन्य भाषामा पनि प्रदर्शन हुने निर्देशक पन्तले बताए ।
अभिनेता तथा नेपाली चलचित्र इतिहासमै फरक कथावस्तु समेटेर तयार गरिएको चलचित्रले नेपाली समाजको वास्तविकता झल्काउने निर्देशक पन्तको भनाई छ ।
अभिनेत्री विपना थापा पनि लामो समयपछि यही फिल्ममार्फत् फेरि देखिँदैछन् । चन्द्र पन्तको निर्देशन रहेको यस चलचित्रमा हरिहर र नीतासँगै, चर्चित दक्षिण भारतीय कलाकार ब्रह्मानन्दम, बलिउड कलाकार प्रदीप रावतसँगै गरिमा शर्मा, प्रशान्त ताम्रकार, सरोज खनाललगायतको अभिनय छ ।
विश्वकै ठूलो मनिएको भारतको रामोजी स्टुडियोदेखि मुम्बई, चितवन र काठमाडौँमा चलचित्रको छायाङ्कन गरिएको छ । अभिनेता हरिरहरद्वारा लिखित कथामा आधारित यो फिल्ममा बलिउड छायाँकार कवीरलालको छायाङ्कन, मित्र डी गुरुङको सम्पादन, रामजी लामिछाने र बलिउड कोरियोग्राफर शुष्मा सुमनको कोरियोग्राफी छ ।
यो फिल्म नीता फिल्म्सको ब्यानरमा निर्माण भएको हो । चलचित्रका निर्देशक पन्तले थुर्पै नेपाली चलचित्र सहित दर्जनौँ भोजपुरी चलचित्रहरू निर्देशन गरिसकेका छन् ।