Skip to main content

उप–निर्वाचन : भीमदत्त–६ मा एमालेबाट काका र काँग्रेसबाट भतीजा चुनावी मैदानमा

Submitted by editor on
ईबिगुल संवाददाता
काका भतीजा

महेन्द्रनगर : कञ्चनपुरको भीमदत्त नगरपालिका वडा नं. ६ मा काका भतीजाबीच रोचक प्रतिष्पर्धा हुने भएको छ । नेकपा एमालेले सेवानिबृत्त शिक्षक बहादुर चन्दलाई टिकट दिएको छ भने काँग्रेसले पनि बहादुरकै सहोदर भतिजा प्रकाश बहादुर चन्दलाई चुनावी मैदानमा उतारेको छ ।

प्रकाश नेपाली काँग्रेसका वडा सभापति पनि हुन । २०७९ को स्थानीय तह निर्वाचनमा निर्वाचित काँग्रेसका महेन्द्र खड्काको निधन भएपछि भीमदत्त ६मा पनि मंसिर १६ गते उप निर्वाचन हुन लागेको हो ।

भीमदत्त नगरपालिकाको वडा नम्बर ६ एमालेको किल्ला मानिन्थ्यो तर २०७९ को निर्वाचनमा काँग्रेसले पहिलो पटक त्यहाँ जीत निकालेको थियो । एमालेबाट उमेदवार बनाईएका बहादुर चन्द स्थानीय शान्ति निकेतन माविमा लामो समय प्राध्यापन गराएर प्रधानाध्यापकबाट सेवानिबृत्त हुन ।

गत निर्वाचनमा जितेको वडालाई नगुमाउने लक्ष्यका साथ काँग्रेस चुनावमा होमिएको छ भने वर्षौंदेखिको विरासत फेरि कायम गर्ने दाउमा नेकपा एमाले छ ।