धनगढी : कैलाली प्रहरीले तस्करी गरि नेपाल भित्र्याईदै गरेको पाँच लाख मूल्यका सामान बरामद गरेका छ । टीकापुर नगरपालिका वडा नम्बर ९ ठोकेबजारको भीत्री सडकमा ४ लाख ४२ हजार बराबरको हरियो खुर्सानी, बादाम, छिद्रा माछा र ३ वटा मोटरसाईकल बरामद गरी भन्सार बुझाएको छ ।
यस्तै धनगढी उप–महानगरपालिका वडा नं. २ र १३ बाट ४७ हजार बराबरका बिभिन्न किसिमका कपडाहरु, सुर्तिजन्य पदार्थहरु र प्लाष्टिक झिल्ली बरामद गरेको छ । यस्तै भजनी नगरपालिका वडा नं. ७ शिविरटोलबाट १० हजार बराबरको चिनि र हरियो खुर्सानी बरामद गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।