Skip to main content

बाख्रा चोरेको भन्दै कुटपिट गरी हत्या गरेको अभियोगका सात जना पक्राउ

Submitted by editor on
शिवराज भट्ट
सुरेश भुल

धनगढी : कैलालीको गौरीगंगा नगरपालिकामा बाख्रा चोरेको आरोप लगाउदै हत्या गरेको आरोपमा ७ जनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कैलालीले दिएको जानकारी अनुसार गौरीगंगा नगरपालिका–११ को कान्तिपुरका ३० वर्षीय सुरेश भुललाई कुटपिट गर्ने ७ जना पक्राउ परेका हुन ।
शनिबार बेलुकी भूलको मेडिकल रहेको स्थान गौरीगंगा ११ को कान्तिपुर टोलमै गएर ४०÷५०जनाको समूहले उनीमाथि कुटपिट गरेका थिए । कुटपिटबाट गम्भिर घाईते भएका सुरेशको आईतबार विहान धनगढीको निसर्ग अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।

प्रहरीले सुरेशको हत्याको आरोपमा बाख्राधनी विस्ना भूल, ३४ वर्षकी रमा रावल, ६५ वर्षका जंग भूल, २३ वर्षका विसाल विक, ३० वर्षका धर्म विक, एकजना नाबालक र एजना नामनुलेका ब्यक्ति पक्राउ गरेको छ ।

यस्तो थियो हत्याको कारण
सुरेश भूल सूचनाको हकका लागि राष्ट्रिय महासंघका कैलाली जिल्ला सदस्य हुन । उनको गौरीगंगा नगरपालिकाको वडा नम्बर ११ को कार्यालय नजिकै कान्तिपुर टोलमा मेडिकल  र फोटोकपि गर्ने को पसल छ । 

२० गते सोही टोलकी विस्ना भूलको बाख्रो हराउछ । त्यो कुरा टोलभरीका अधिकांसलाई थाहा थियो । बाख्रा हराएको २÷३ दिन पछि, एकविहानै मृतक सुरेशले वडा कार्यालयको सौचालय नजिकै एउटा बाख्रो बसिरहेको देखे । उनले उक्त बाख्रो विस्नाको हुनसक्ने भन्दै त्यहाँबाट नजिकै रहेको आफ्नै मेडिकलको बाहिर ल्याएर बाँधे । 

मृतकका आफन्त करन बहादुर सार्की भन्छन, ‘सुरेशका दिदि र भान्जी आएकाले उनलाई पठाउने क्रममा सुरेशले बाख्रो पाएको जानकारी विस्नालाई दिन सकेछनन ।’ बाख्रा सुरेशले बाँधेको खबर पाएपछि विस्ना भूmलका आफन्तहरुले समुहमै आएर अस्थाई प्रहरी चौकी मसुरियामा उजुरी हाले । 

प्रहरीमा उजुरी परेपछि मृतक सुरेशले बाख्रा बाफतको ३० हजार रकम दिने र बाख्रो पनि दिने सहमति भयो । त्यो दिन कागज बनेपनि सुरेशले रकम भने नदिएको आफन्तहरुले बताए । शनिबार बेलुकी बाख्राधनी विस्नाका आफन्त र छिमेकीहरुले रकम नदिएको भन्दै सुरेशको मेडिकलमै आएर मरणासन्न हुनेगरी कुटपिट गरे ।

४०÷५० जनाको समूहमा आएर कुटपिट गरेपछि गम्भिर एका सुरेशको अवस्था विग्रदै गएपछि आफन्तले आईतबार विहान उनलाई धनगढीको निसर्ग अस्पताल ल्याए । अस्पतालमा उपचारका क्रममा उनको मृत्युभको हो ।

ईलाका प्रहरी कार्यालय मालाखेतीका प्रहरी नायव उपरिक्षक गंग बहादुर थापा आफै मसुरियाको कान्तिपुर टोल पुगेका छन । उनले ७ जना पक्राउ गरिएको, घटनाबारे बुझ्ने कार्य भईरहेको बताएका छन ।