Skip to main content

यसरी हत्या गरिएको थियो, कैलालीका पत्रकार सुरेश भूलको हत्या

Submitted by editor on
ईबिगुल संवाददाता
सुरेश भूल

धनगढी : सुरेश भूल सूचनाको हकका लागि राष्ट्रिय महासंघका कैलाली जिल्ला सदस्य हुन । उनको गौरीगंगा नगरपालिकाको वडा नम्बर ११ को कार्यालय नजिकै कान्तिपुर टोलमा मेडिकल  र फोटोकपि गर्ने को पसल छ । 

२० गते सोही टोलकी विस्ना भूलको बाख्रो हराउछ । त्यो कुरा टोलभरीका अधिकांसलाई थाहा थियो । मृतकका आफन्त करन सार्कीका अनुसार बाख्रा हराएको २÷३ दिन पछि, एकविहानै मृतक सुरेशले वडा कार्यालयको सौचालय नजिकै एउटा बाख्रो बसिरहेको देखे । मेडिकलकै बस्ने भएकाले सुरेश सौचालयका लागि वडा कार्यालदयको सौचालय प्रयोग गर्थे । उनले उक्त बाख्रो विस्नाको हुनसक्ने भन्दै त्यहाँबाट नजिकै रहेको आफ्नै मेडिकलको बाहिर ल्याएर बाँधे । 

मृतकका आफन्त करन बहादुर सार्की भन्छन, ‘सुरेशका दिदि र भान्जी आएकाले उनलाई घरतिर पठाउनका लागि ब्यस्त  भएकाले सुरेशले बाख्रो पाएको जानकारी विस्नालाई दिन सकेछनन ।’ बाख्रा सुरेशले बाँधेको खबर पाएपछि विस्ना भूmलका आफन्तहरुले समुहमै आएर अस्थाई प्रहरी चौकी मसुरियामा उजुरी हाले । 

प्रहरीमा उजुरी परेपछि मृतक सुरेशको श्रीमती, आफन्त र बाख्रा मालिकका आफन्तहरुबीच बाख्र्रा बाफतको ३० हजार रकम दिने र बाख्रो पनि दिने सहमति भयो । त्यो दिन कागज बनेपनि सुरेशले रकम भने नदिएको आफन्तहरुले बताए । शनिबार बेलुकी ठूलो संख्यामा आएका बाख्राधनी विस्नाका आफन्त र छिमेकीहरुले रकम नदिएको भन्दै सुरेशको मेडिकलमै आएर मरणासन्न हुनेगरी कुटपिट गरे ।

४०÷५० जनाको समूहमा आएर कुटपिट गरेपछि गम्भिर भएका सुरेशको अवस्था विग्रदै गएपछि आफन्तले आईतबार विहान उनलाई धनगढीको निसर्ग अस्पताल ल्याए । अस्पतालमा उपचारका क्रममा उनको मृत्युभको हो ।