बैतडी : बैतडीमा देवरानीको हत्या गरी जेठानी आफै प्रहरी चौकी पुगेकी छिन । डिलासैनी गाउँपालिका–२ छेपट्टा भन्ने स्थानकी ३० वर्षिया दीपा बोहराले आफ्नै दवरानी २५ वर्षिया सुनीता बोहरादलाई चिरपटले टाउँको र मुखमा हानेर विभत्स हत्या गरेकी हुन ।
सोमबार साँझ घटना भएको ईलाका प्रहरी कार्यालय पाटनले जनाएको छ । दीपाले देवरानी सुनिताको मुखमा र टाउँकोमा चिरपट प्रहार गर्दा मृतकको अनुहार नै नचिनिने भएको आफुन्तहरुले बताएका छन । दीपा हत्यापछि आफै प्रहरी चौकी सीमार पुगेकी थिईन ।
जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरिक्षक बलराम पाण्डेले दिएको जानकारी अनुसार हत्यामा संलग्न महिला नियन्त्रणमा छिन । प्रहरीले घरायसी विवादका कारण घटना भएको जनाएको छ ।
घटनास्थलमा रहेका इलाका प्रहरी कार्यालय पाटनका प्रहरी निरीक्षक राजेन्द्र साउँदले सुनिताको टाउँमा निकै बढी चोट लागेको र थप कुरा पोष्टमाटमपछि मात्रै खुल्ने बताए ।
‘टाउकोमा निकैबढी घाउहरु छन्, आवश्यक कागजी प्रक्रिया पु¥याएर अनुसन्धान थाल्दैछौँ, सबै कारण र अवस्थाबारे पछि खुल्छ’ घटनास्थलमा रहेका प्रहरी निरिक्षक साउँदले भने । महिलाको शव पोस्टमार्टमका लागि गोकुलेश्वर अस्पताल पठाईएको छ ।
दीपाका श्रीमानसहित ३ छोराछोरी रहेका छन भने सुनीताका श्रीमानसहित २ छोराछोरी छन् । घरमा बालबालिका र दुवै देवरानी र जेठानी मात्रै रहेका बेला घटना भएको प्रहरीले जनाएको छ । दीपाका श्रीमान काठमाण्डौमा छन् भने, मृतक सुनीताका श्रीमान चालक रहेको बुझिएको छ ।