Skip to main content

चिकित्सा शिक्षा अध्ययनका लागि सेती प्रादेशीक अस्पताल गेटामा गाभ्ने तयारी

Submitted by editor on
ईबिगुल संवाददाता
सेती प्रादेशीक अस्पताल

धनगढी : सुदूरपश्चिमका मुख्यमन्त्री कमल बहादुर शाहले सेती प्रादेशीक अस्पताल गाभेर गेटामा चिकित्सा शिक्षाको अध्यापन गराउने तयारी अघि बढेको बताएका छन । 

प्रदेश सरकारका सय दिनको प्रगती सार्वजनिक कार्यक्रममा मुख्यमन्त्री शाहले संघीय स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीक पौडेलसँग एक चरणको छलफल भईसकेको बताए । 

‘गेटामा अरवौंका पुर्वाधार बनिसकेका छन । प्रदेश सरकार सेती प्रादेशीक अस्पताल गाभेर पनि गेटामा चिकित्सा शिक्षाको अध्यापन गराउन चाहन्छ । यसबारेमा संघीय मन्त्री ज्यु, प्रदेशका समाजिक विकास मन्त्री र मेरो एक चरणको छलफल भईसकेको छ । संघीय मन्त्री यसमा सकारात्मक हुनुहुन्छ’ मुख्यमन्त्री शाहले भने ।

उनले संघीय सरकारले भन्नेवित्तिकै प्रदेश मन्त्रीपरिषदले सेती हस्तान्तरणको निर्णय गर्ने बताए । सुदूरपश्चिम बाहेक ६ प्रदेशमा यस वर्षदेखि सरकारी मेडकल कलेजहरुबाट चिकित्सा शिक्षाको अध्यापन सुरु भईसकेको छ । सुदूरपश्चिममा सरकार वा नीजि एउटा पनि मेडिकल कलेज छैन ।

मेडिकल शिक्षा अध्ययनका लागि कम्तीमा पनि ३ सय सय शैयाको अस्पताल ३ वर्षदेखि सञ्चालनमा आएको हुनुपर्छ । गेटामा गतवर्ष देखि सय शैयाको मात्रै अस्पताल सञ्चालन छ । सेतीलाई गेटा मातहत लगिएपछि त्यहाँ छिट्टै मेडिकल शिक्षाको अध्यापन गराउन पाईने छ ।