दार्चुला : दार्चुला जिल्लाको दुहुँ गाउँपालिका वडा ५ मा वडाध्यक्ष पदका लागि भएको उपनिर्वाचनमा दिउसो १ बजेसम्म ५३८ मत खसेका छन । निर्वाचन कार्यालयले दिएको जानकारी अनुसार दिउसो १ बजेसम्म ५३८ मत खसेका हुन ।
दुहुँ गापा ५ गरमैरामा रहेको मतदान केन्द्र २ मतदान केन्द्र राखिएका छन । मतदान केन्द्र (क) ११२ महिला र पुरुष १५८ पुरुष गरी २७० मत, मतदान केन्द्र (ख) मा १३७ जना महिला र १३१ जना पुरुष गरी २६८ मत खसेका छन ।
वडा नम्बर ५ मा कुल १२ सय ७२ मतदाता रहेका छन । दिउसो १ बजेसम्म कुल मतदाताको ४२ प्रतिसत मत खसेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
दुहुँ ५ को वडाध्यक्षका लागि एमालेबाट मान सिह बडाल, काँग्रेसबाट धनसिह कुवर, नेकपा माओवादी केन्द्रबाट विर सिह कार्की र स्वतन्त्र उमेदवार लाल बहादुर कुवर गरी चार जना चुनावी मैदानमा छन ।
वडाध्यक्ष मनोरथ भट्टको निधन भएकाले दुँहु ५ मा उप निर्वाचन भईरहेको हो । भट्ट त्यतीबेला नेकपा माओवादी केन्द्रबाट वडाध्यक्षमा जितेका थिए ।