धनगढी: कैलाली र कञ्चनपुरबाट भन्सार छलीका अबैध सामान बरामद गरिएको छ ।
कैलालीका बिभिन्न स्थान धनगढी–१५ कनरी र टीकापुर–९ कालीमाटी स्थित सडक खण्डबाट अबैंध रुपमा भारतबाट भन्सार छली गरि ल्याएका अन्दाजी मूल्य ६१ हजार बराबरको सामान बरामद गरिएको हो । कार्पेट, सोफा, तातो कपडा लगायतका सामान जिल्ला प्रहरी कार्यालय कैलाली मातहत कार्यालयबाट खटिएको प्रहरी गस्ती टोलीले बेबारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको हो ।
यस्तै कञ्चनपुरको भीमदत्त नगरपालिका–११ भुजेला र बेलौरी नगरपालिका–६ बैशाखाबाट २ लाख ६२ हजार ५ सय बराबरको सामान बरामद गरिएको हो । उक्त मुल्य बराबरको चिनि, मिश्री, जुत्ता, चप्पल, कपडा, साईकलका सामान, माछा, किराना, हाडबेयर लगायतका सामान जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरी गस्ती टोलीले बेबारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको हो ।