Skip to main content

कैलालीमा सुदूरपश्चिम सरकारले थप आठ वटा पुल निर्माण गर्ने

Submitted by editor on
ईबिगुल संवाददाता
 पुल निर्माण

धनगढी : सुदूरपश्चिम प्रदेश सरकारले कैलालीमा थप आठ वटा पुल निर्माण गर्ने भएको छ । चालु आर्थिक वर्षदेखि पुल निर्माणको प्रक्रिया अगाडि बढाइएको हो ।  पूर्वाधार विकास कार्यालयले बहुवर्षीय आयोजनाको रूपमा गोदावरी नगरपालिका–२ र ४ जोड्ने भालु खोला पुल, गौरीगङ्गा नगरपालिकाको कान्तिपुर–पहरेनी मोटरेबल पुल, जोशीपुर गाउँपालिका–५ पक्की पुलको ठेक्का आह्वान गरेको छ ।

यस्तै, चुहादेखि तोरीपुर जाने पथरैया नदी सडक पुल, कैलारी गाउँपालिका–७ रामपुर कटैनी नदी मोटरेबल पुल, धनगढी उपमहानगरपालिका–१८–धर्मापुर गदरिया मोटरेबल पुलको ठेक्का आह्वान गरिएको छ ।मोहन्याल गाउँपालिकाको चिसापानी–सोल्टा रोडमा पर्ने बादे खोला र सोही रोडमा पर्ने सागुरे खोला मोटरेबल पुलको पनि ठेक्का आह्वान भएको छ ।  यी पुलहरू निर्माणका लागि प्रदेश सरकारले चालु आर्थिक वर्षमा १५ करोड ३९ लाख रुपियाँ बजेट छुट्टयाएको छ ।