कञ्चनपुर । कञ्चनपुरको कृष्णपुर नगरपालिकामा पुस २३ गते देखि राष्ट्रपति रनिङ्गशिल्ड प्रतियोगिता सुरु हुने भएको छ । कृष्णपुर नगरपालिका – २ वाणीस्थित सरस्वती माध्यमिक विद्यालयको प्राङ्गणमा हुने प्रतियोगिताको सम्पुर्ण तयारी पुरा भएको कृष्णपुर नगरपालिकाले जनाएको छ ।
प्रतियोगितामा नगरभरिका २६ विद्यालयहरूको सहभागिता रहने जनाईको छ । प्रतियोगिताको सुदूरपश्चिम प्रदेश सरकारका आर्थिक मामिला मन्त्री बहादुर सिंह थापाको प्रमुख आतिथ्यतामा उद्घाटन हुने जनाइएको छ ।