Skip to main content

मेडिकल विश्वविद्यालय संघर्ष समितिको माग, ‘फाष्टट्रयाकबाट एमविविएसको अध्यापन होस’

Submitted by editor on
ईबिगुल संवाददाता
संघर्ष समिति

धनगढी : सहिद दसरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय स्थापनार्थ गठन गरिएको संघर्ष समितिले गेटामा यथासक्य ३ सय हुदै ६ सय शैयाको अस्पताल र चिकित्सा शिक्षाको अध्यापनको माग गरेको छ ।

संघर्ष समितिका तर्फबाट संयोजक लोकराज पाण्डेले संघीय सरकारका स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदिप पौडेललाई निर्माणस्थलमै ज्ञापनपत्र बुझाउदै यस्तो माग गरेका हुन । मन्त्रालयको कार्यक्रमका सिलसिलामा धनगढी आएका वास्थ्य तथा जनसंख्यामन्त्री पौडेलले मंगलबार विहान गेटा अस्पतालको निरिक्षण गरेका थिए ।

मन्त्री पौडलेको निरिक्षणका क्रममा संघर्ष समितिले ज्ञापन पत्र बुझाएको हो । ‘गेटामा ३ सय शैया हुदै ६ सय सैयाको अस्पताल सञ्चालन र यथासक्छ छिटो फास्टट्रयाकबाट आउदो शैक्षिक शत्रदेखि एमविविएसको अध्यापनको माग गर्दछौं’ ज्ञापनमा उल्लेख छ ।

ज्ञापन पत्रमा अगाडि भनिएको छ, ‘७ अर्वको लगानीमा ४ दर्जन गगनचुम्बी भवनहरु निर्माण भएर पनि जीर्ण बन्न थालेका छन । तर सरकारले ५० शैयाको अस्पताल सञ्चालन गरेर भुलभुलैयामा पारेको छ । त्यसैले अविलम्ब ३ सय शैयाको अस्पताल र चिकित्सा शिक्षाको अध्यापनका लागि माग गर्दछौं ।’

५० शैयाको ओपिडिले मात्र सुदूरपश्चिमका जनताको स्वास्थ्य सेवाको परिपूर्ती नहुने उल्लेख गर्दै संघर्ष समितिले ६ सय शैयाको पूर्णकालीन अस्पतालको माग गरेको छ । ज्ञापन बुझेपछि मन्त्री पौडेलले संघर्ष समितिकै माग अनुसार सरकारले काम गरिरहेको बताएका थिए ।

उनले गेटाका लागि सरकारले विषेश प्रकारको निर्णय गरेर ३ सय शैयाको अस्पताल र आउदो शैक्षिक शत्र देखि चिकित्सा शिक्षाको अध्यापन गराउन सकिने बताएका थिए ।