Skip to main content

एमालेद्वारा गोदावरीको नगरपरिषद बहिस्कार

Submitted by editor on
ईबिगुल संवाददाता
जनप्रतिनिधिले बहिस्कार गरेका छन्

अत्तरियाः नगरको बजेटमा आफुले जितेका वडामा बढी बजेट हालेको र डल्लो बजेट राखेको भन्दै कैलालीको गोदावरी नगरपालिकाको नगर सभा एमालेबाट प्रतिनिधित्व गरेका जनप्रतिनिधिले बहिस्कार गरेका छन् गरेका छन् । अत्तरियामा शुक्रबार देखि शुरु भएको दशौं नगर सभाको उदघाटन सत्र उनीहरुले बहिष्कार गरेका हुन । नगरसभा शुरु हुने बित्तिकै एमाले समर्थित जनप्रतिनिधिहरुले रोष्टम घेराउ गर्दै चर्को नाराबाजी गरेपछि बाहिरिएका थिए । 


त्यसपछि नगरप्रमुख संगै मञ्चमा बसेकी एमालेबाट निर्बाचित उपप्रमुख शारदा देबी रोकायाले पनि मन्च छोडेर नगरसभा बहिस्कार गरेको घोषणा गरिन । उनले भनिन ‘नेकपा एमालेले जितेका वडाहरु छानीछानी बजेट कम हालिएको छ । काँग्रेसले जितेका बडाहरुमा बजेट केन्द्रित पारिएको छ, त्यसैले नगर सभा बहिस्कार गरेका हौं ।’


गोदावरी नगरपालिका वडा नम्बर ७ कि वडा अध्यक्ष कलाबती देबी साउँदले पनि बजेट निर्माणको क्रममा आफुहरुलाई उपेक्षा गरेको गुनासो गरिन । ‘केही कुरामा सर सल्लाह हुँदैन, डल्लो बजेट राखिएको छ । आफ्नै कार्यकर्ताले भनेका योजना राख्ने र उनैलाई कोटेशनमा काम दिने प्रबृती बढेको छ । एमाले निर्बाचित वडाहरुमा बजेट नै दिएको छैन । एकलौटी त गर्न मिलेन नि’ साउदले भनिन । 
नगर उपप्रमुख शारदा देबी रोकायाले पनि प्रतिपक्षको मागलाई सम्बोधन गर्नुपर्ने बताइन् । उनले जनप्रतिनिधिबाट आएका गुनासाहरु सम्बोधन गर्नु नगरप्रमुखको दायित्व भएको जिकिर गरिन ।