धनगढी : कञ्चनपुरबाट डेढ लाखको अवैध सामान बरामद गरिएको छ ।
भिमदत्त नगरपालिका–११ को भुजेलाबाट भारतबाट भन्सार छली गरि ल्याएका अन्दाजी एक लाख ५१ हजार सात सय रुपैयाँ बराबरको कपडा, साडी, हार्डवेयर, साईकल लगायतका सामान बरामद गरिएको प्रहरीले जनाएको छ ।
इलाका प्रहरी कार्यालय गड्डाचौकीबाट खटिएको गस्ती टोलीले वेवारिसे अवस्थामा फेला पारी ती सामान नियन्त्रणमा लिएको थियो ।