Skip to main content

आज अर्जुन ट्रफी उपाधिका लागि अत्तरिया र डडेल्धुरा भिड्दै

Submitted by editor on
ईबिगुल संवाददाता
अर्जुन ट्रफी

धनगढीः धनगढीमा जारी अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगिताको फाइनल खेल आज हुँदै छ ।

आज दिउँसो १२ः१५ बजे देखि सुरु हुने खेलमा उपाधिका लागि सिबाईसी अत्तरिया र फेण्ड्स क्लब डडेल्धुरा बिच प्रतिस्पर्धा हुने छ । आइतवार भएको देस्रो सेमिफाइनल खेलमा अत्तरियाले धनगढीलाई पराजित गर्दै फाइनमा पुगेको हो भने शनिवार भएको पहिलो सेमिफाइनल खेलमा डडेल्धुरा न्यु होराईजन बुटवललाई पराजित गर्दै फाइनमा पुगेको थियो । 

धनगढीको फाप्ला अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भइरहेको प्रतियोगितामा विजेता टिमले नगद १० लाख र उपविजेताले नगद ५ लाखसहित ट्रफी पाउनेछन् । प्रतियोगिताको सर्वोकृष्ट खेलाडीलाई नगद एक लाख प्रदान गरिनेछ । उत्कृष्ट ब्याट्सम्यान, उत्कृष्ट बलर र उदयमान खेलाडीले जनही ५०–५० हजार पाउनेछन् ।