धनगढी: डोटीको जोरायल गाउँपालिका–१ गैराको घण्टेश्वर सामुदायिक बीउ बैँकले एक वर्षमा एक करोड १५ लाख रुपैयाँ बराबरको कारोबार गर्दै आएको छ ।
स्थानीय जातका बीउको उत्पादन र बिक्री गर्दै आएको बैँकले वार्षिक एक करोड १५ लाखको कारोबार गर्दै आएको हो । जैविक विविधता संरक्षण कृषि सहकारी संस्थामार्फत बीउ बिक्री गर्दै आएको हो । बीउको संरक्षण, पुनः उत्पादन र बिक्रीको काम गर्दै आएको हो । जैविक विविधता संरक्षण कृषि सहकारी तथा घण्टेश्वर बिउ बैँकबाट एक करोड १५ लाखको वार्षिक कारोबार हुँदै आएको प्रतिनिधि गणेशबहादुर विष्टले बताए ।
कृषि सहकारीले फर्सी, चोतो, पिँडालु, तरुल, जोरायलको रजमाm स्थानीय कलाउ, कागतीको चुक लगायतका उत्पादन बिक्री गर्दै आएको छ । वार्षिक ३५ हजारको हाराहारीमा फलफूल तथा डालेघाँसका बिरुवाहरू समेत सहकारीले बिक्री गर्दै आएको छ,। स्थानीय मकै, आलु लगायतको बिउसमेत घण्टेश्वर सामुदायिक बिउ बैँकमार्फत बिक्री गरिदै छ । एक वर्षमा स्थानीय उत्पादनको बिउ मात्र ५० लाख र बाँकी अन्य कारोबार गरेर एक करोड १५ लाख बढीको कारोबार हुने गरेको हो ।
धनगढीबाट झण्डै एक सय किलोमिटरको दुरीमा रहेको सहकारीको गैरामा रहेको कार्यालयबाट कृषि उत्पादनहरू बिक्री गर्दै आएको विष्टले बताए । उनले भने, ‘हामीले स्थानीय चिजहरूको संरक्षण गर्ने, उत्पादन गर्ने र बजारीकरण गर्ने हो । स्थानीय उत्पादनहरू बजारसम्म लैजाने हो । नर्सरी पनि छ । बीउ बैँक पनि छ ।’ तरकारीका बिरुवाहरू पनि उत्पादन गर्ने उनले बताएका छन् ।