Skip to main content

जिप दुर्घटना हुँदा बैतडीमा तीन जना घाइते

Submitted by editor on
ईबिगुल संवाददाता
जिप दुर्घटना

धनगढी: बैतडीमा जिप दुर्घटना भएको छ। जिल्लाको सुर्नया गाउँपालिका–८ मा जिप दुर्घटनामा परेको हो ।

बैतडी प्रहरीले शनिवार साँझ से १ ज ४१४ नम्बरको जिप दुर्घटना भएको बताएको छ । जिल्ला प्रहरी कार्यालय बैतडीका सूचना अधिकारी बलराम पाण्डेयले जिपमा चालकसहित ६ जना सवार रहेकामा तीन जना घाइते भएका बताएका छन् । जिपका चालक फरार भएका छन्। घाइते तीन जनाको डडेल्धुरा अस्पतालमा उपचार हुँदैछ ।

डडेल्धुराको अमरगढी नगरपालिका–७ का ३५ वर्षीय दीपक कैनी, सोही ठाउँका ४५ वर्षीय टेक कैनी र ५६ वर्षीय शिव पार्की घाइते भएका हुन । जिप चालक ३२ वर्षीय केशव कैनी फरार रहेका प्रहरीले बताएको छ

तामाको भाडाकुँडा विक्री गर्दै आएकाहरू दुर्घटना परेका हुन्। जिपमा ३५ ओटा बाख्रा पनि रहेका र ती मध्ये तीन ओटा बाख्रा मरेका छन।्  पाँच ओटा घाइते भएका छन्। कच्ची सडकमा जिप अनियन्त्रित भइ सडकबाट तल खसेको बताइएको छ ।