धनगढी: कैलालीको धनगढीबाट भन्सार छलीका सामान बरामद गरिएको छ।
धनगढी उपमहानगरपालिका–९ त्रीवेणीघाटबाट अवैध रूपमा भारतबाट भन्सार छली गरि ल्याएका करिब ७३ हजार ७६० मूल्य बराबरको सामान प्रहरीले बरामद गरेको हो। उक्त मूल्य बराबरको भन्सार छलीका चक्लेट, सुटपिस, साडी, कुर्ती, सेफो लाईट लगायतका सामान अस्थायी प्रहरी पोष्ट शान्तिनगर, कैलालीबाट खटिएको प्रहरी गस्ती टोलीले बेबारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको जनाइएको छ।