Skip to main content

प्रदेश भ्रमणमा मन्त्री देउवा, धमाधम सिलान्यास र उद्घाटन

Submitted by editor on
ईबिगुल संवाददाता
प्रदेश भ्रमणमा मन्त्री देउवा, धमाधम सिलान्यास र उद्घाटन

धनगढी : सुदूरपश्चिमका भौतिक पुर्वाधार विकास मन्त्री प्रकाश बहादुर देउवा साताब्यापी प्रदेश भ्रमणमा गएका छन । उनले प्रदेशका विभिन्न जिल्लाका विकास निर्माणको अनुगमन, सिलान्यास र उद्घाटन गरिरहेका छन । 


डडेल्धुरा, डोटी, अछाम र बाजुरा जिल्लामा प्रदेश सरकारबाट सञ्चालित विकास आयोजनाको अनुगमन र निरीक्षण गर्ने क्रममा शुक्रबार उनले बाजुराको बुढिगङ्गा– बिराबगर सडक पुल उद्घाटनको उद्घाटन गरेका छन भने त्रिवेणी नगरपालिका वडा नम्बर–४ मा रहेको मालागाड मोटरेबल पुल र बडिमालिका नगरपालिका वडा नम्बर २ भौनेरा नदी मोटरेबल पुलको शिलान्यास गरेका छन ।


मन्त्री देउवालाई त्रिवेणी नगरपालिकाका नगरप्रमुखले नगरपालिकाका  समस्या सहितको ज्ञापन–पत्र बुझाएका छन् । मन्त्री देउवालाई बडिमालिका क्याम्पस बुढीगंगामा स्वागत तथा सम्मान गरिएको मन्त्रीको सचिवालयले जनाएको छ ।


बाजुरा जिल्लाका योजना अनुगमनको क्रममा बडिमालिका नगरपालिका उपप्रमुखले मन्त्री देउवाको स्वागत गर्दै नगरपालिकाका तर्फबाट प्रदेश सरकारलाई माग पत्र बुझाएका छन । 


मन्त्री देउवाको जिल्ला भ्रमण टोलीमा  सुदूरपश्चिम प्रदेश सभाका सदस्य मेघराज खडका, मान बहादुर रावल र बाजुरा जिल्ला समन्वय समितिका प्रमुख ललित कुँवर, दिपायल सिलगढी नगरपालिकाका प्रमुख  विजयसिंह खड्का सहभागी रहेको मन्त्री देउवाको सचिवालयले जनाएको छ ।