Skip to main content

भजन प्रतियोगितामा कञ्चनपुरको राधेश्याम भजन समूह प्रथम

Submitted by editor on
शिवपुरी उत्तररामेश्वरम धाममा आयोजना गरिएको भजन प्रतियोगितामा २० वटा भजन समूहहरुले भाग लिएका थिए ।
ईबिगुल संवाददाता
भजन प्रतियोगिता

धनगढी : कैलालीको धनगढीमा आयोजना गरिएको भजन प्रतियोगितामा कञ्चनपुरको राधेश्याम भजन समूह प्रथम भएको छ । सुदूरपश्चम प्रज्ञा प्रतिष्ठानको सहयोगमा चौतारी कला केन्द्रले भजन प्रतियोगिताको आयोजना गरेको हो ।

धनगढी उपमहानरपालिकाको वडा नम्बर ४ मा रहेको शिवपुरी उत्तररामेश्वरम धाममा आयोजना गरिएको भजन प्रतियोगितामा २० वटा भजन समूहहरुले भाग लिएका थिए । यस्तै त्रिपुरेश्वर अखण्ड भजन समूह दोस्रो भएको छ भने गणेशाय भजन समूह तेस्रो भएको छ । 

कैैैलाली मिलनचाेककाे पञ्चकन्या भजन मण्डलीले सान्त्वना पुरस्कार पाएको छ । पहिलो हुनेलाई २० हजार, दोस्रोलाई १५ हजार, तेस्रोलाई १० हजार र सान्त्वना हुनेलाई ५ हजार पुरस्कार प्रदान गरिएको छ । 

चौतारी कला केन्द्रकी अध्यक्ष हेमन्ता भट्टराईको अध्यक्षतामा भएको कार्यक्रममा सुदूरपश्चिमका पूर्व मुख्यमन्त्री दीर्घ बहादुर सोडारी प्रमुख अथिति रहेका थिए । भजन प्रतियोगिताका विजेता समूहलाई पूर्वमूख्यमन्त्री सोडारीले पुरस्कार वितरण गरेका थिए ।

समापन समारोकमा बोल्दै सोडारीले अहिले पश्चिमा संस्कृती हाबी भईरहेका बेला हिन्दु धर्म र सनातन संस्कृती जोगाउन प्रतियोगिता कोषेढुंगा साबित हुने बताए । ‘विद्यालयका स–साना नानीबाबुहरुले पनि भजनमा भाग लिएको देखेर खुसी भएको छु । छोटो समयमा आयोजना गरिएको प्रतियोगितामा २० वटा समूहको सहभागिता पनि आफैमा महत्वपूर्ण हो’ पूर्वमुख्यमन्त्री सोडारीले भने ।