पूर्वपश्चिम राजमार्गअन्तर्गत मकवानपुरको मनहरी गाउँपालिका–६ भुलचोकमा बसले स्कुटरलाई ठक्कर दिदाँ एक जनाको मृत्यु भएको छ।
चितवनबाट हेटौडातर्फ आइरहेको बा.४ ख ५५८२ नम्बरको बसले मनहरीबाट चितवनतर्फ जादै गरेको बा.प्र.०६–००२ प ४२३३ नम्बरको स्कुटरलाई ठक्कर दिँदा स्कुटरमा सवार भरतपुर महानगरपालिका–२ क्षेत्रपुर निवासी २८ वर्षीय आकाश बरामुको मृत्यु भएको प्रहरीले जनाएको छ।
दुर्घटनामा सुनसरीको इटहरी उपमहानगरपालिका–७ का २८ वर्षीय बुद्ध लामा घाइते हुनुभएको छ। उनको नयाँ मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको छ।