Skip to main content

२ किशोरी हत्याका आरोपितलाइ अछाम अदालतले पठायो सुधार गृह

Submitted by editor on
ईबिगुल संवाददाता
२ किशोरी हत्या

धनगढी : अछाम जिल्ला अदालतले ढकारी गाउँपालिका–८ कि २ किशोरीको हत्या गरेको आरोप लागेका २ किशोरहरूलाई सुधार गृह पठाएको छ।

ढकारी गाउँपालिका–८ पल्साताकी १४ वर्षीया इशरा खड्का र १५ वर्षीया सरस्वती खड्काको हत्या अभियोगमा पक्राउ परेका उनीहरूलाई बाल सुधार गृह, डोटी पठाइएको हो।

जिल्ला प्रहरी कार्यालय अछामले किशोरहरूलाई बाल सुधार गृह पठाएको बताएको छ। प्रहरीले जङ्गलमा २ किशोरीको ढुङ्गाले प्रहार गरेर हत्या गरेको निष्कृषसहितको प्रतिवेदन अदालतमा बुझाएको थियो। प्रहरीको प्रतिवेदनका आधारमा अदालतमा कानुनी प्रक्रिया बाँकी रहेको भएपनि किशोरहरूलाई भने डोटी पठाइएको हो। अछामका प्रहरी प्रमुख ईश्वरीप्रसाद भण्डारीले भने, ‘हामीले अदालतमा पेस गरेका थियौ। अदालतले बाल सुधार गृह, डोटी पठाएको हो। अदालतले फैसला गरेको छैन।’

किशोरहरू १८ वर्षमुनिका भएकाले उनीहरूलाई सुधार गृहमा राखिएको हो। जिल्ला प्रहरी कार्यालय, अछामले अहिले साक्षीहरूलाई बोलाउने, बकपत्र गराउने काम गर्दै छ। नेपालको कानुनअनुसार १८ वर्षभन्दा कम उमेरका व्यक्तिलाई कारागार पठाउन मिल्दैन। उमेर पुगेपछि मात्रै कानुनी प्रक्रियाअनुसार कारागार पठाउने गरिएको छ।

‘यौन प्रस्ताव नमान्दा सरस्वतीमाथि ढुङ्गा प्रहार, घर भाग्दा इशराको हत्या’

अछामको ढकारी गाउँपालिका–८ पल्साताकी मृतक १४ वर्षीया इशरा खड्का र पक्राउ परेका एक किशोरबिच लामो समयदेखि टेलिफोनमा कुराकानी हुँदै आएको थियो।

उनीहरू दुवै जनालाई टेलिफोनमा हुने संवादले प्रेम सम्बन्धमा पुुगाइसकेको थियो। तर, उनीहरूले भेट्ने मौका पाइएको थिएन। ढकारी गाउँपालिका–३ ताली र किशोरीहरूको गाउँ ढकारी गाउँपालिका–८ पल्साता भौगोलिक रूपमा टाढा छ।

अछाममा माघ महिनामा विवाहित छोरीबेटीलाई उनकै घरमा पुगेर माइती पक्षले कोसेली दिने प्रचलन छ। तालीबाट पक्राउ परेका दुवै किशोर कोसेली लिएर माघ ९ गते फुपुको घरमा पुगेका थिए। फुपूको घर आएको मौकामा किशोरीसँग भेट गर्ने योजनामा उनीहरू थिए। उनीहरूबिच टेलिफोन संवाद हुन्छ।

गोठालो गएका बेला छिन्ने जङ्गलमा भेट्ने योजना तय हुन्छ। दुवै किशोर घुमफिर गरेर आउने भन्दै शुक्रवार बिहानै फुपूको घरबाट निस्किन्छन्। फुपूको छोरा अन्दाजी १० वर्षीय किशोरलाई पनि सँगै लिएर उनीहरू किशोरीलाई भेट्ने योजनासहित छिन्ने जङ्गलतर्फ लाग्छन। उनीहरू माघ ११ गते बिहान १० बजे नै खोलामा किशोरीहरूलाई पर्खेर बस्छन। मृतक ईशरा र सरस्वती खड्का दिउँसो १२ बजे मात्र रिमरौवा खोला नजिकको खोरबाट बाख्रो ल्याइ जङ्गल तिर जान्छन्। १४ वर्षीय इशरा र १५ वर्षीय सरस्वतीसँग उनीहरू तीनै जना एकसाथ भेट्छन्। सरस्वती खड्काको मोबाइलबाट किशोरहरूले गीत र भिडिओहरू साटासाट गर्छन। उनीहरू छिन्ने ओडारको ठुलो ढुङ्गामा बस्छन्।

यौन प्रस्ताव अस्वीकार गर्दा ढुङ्गा प्रहार

जङ्गलको ढुङ्गामा ६९ मंगलसेन ७६ ९परिवर्तित नाम०ले दुबैलाई मायाको चिनो दोपट्टा माग्छन्। इशरा खड्काको सेतो दोपट्टा खोसेर ६९ मंगलसेन ७३ लाई दिन्छन्। इशरासँग टेलिफोनमा संवाद गर्दै आएका ६९ मंगलसेन ७३ ले नै दोपट्टा पाउँछन्। त्यही क्रममा उनले नै सरस्वतीको दोपट्टा माग्छन्।

तर, सरस्वती दिदैनन्। उनले सरस्वतीको इअरफोन खोस्छन्। सरस्वतीले दाइको इअरफोन भन्दै फिर्ता माग्छन्। इशराले मात्र दोपट्टा दिएपछि किशोरहरूको बिचमा नै विवाद हुन्छ। उनीहरू बसेको ठुलो ढुङ्गामा दोपट्टा खोसाखोससमेत हुन्छ। त्यही बेला सरस्वती र इशरा तल तिर जान्छन्। इशरा बाख्रा फर्काउन जान्छिन।

सरस्वती ढुङ्गाको तल तिर उभिन्छन। सोही समयमा ६९ मंगलसेन ७६ सरस्वती भएको स्थानमा आउछन्। उनले यौन सम्पर्क गर्न देउ भन्दै प्रस्ताव राख्छन्। सरस्वतीले विवाह गर्ने भएपछि मात्र यौन सम्पर्क गर्न दिने भन्छन्। किशोरले ५÷६ वर्षपछि विवाह गरौला भन्छन्। सरस्वतीले उनको प्रस्ताव अस्वीकार गर्छन। सरस्वती खोला तिर हेर्छिन। सोही बेला यौन सम्पर्क गर्न नदिएको झोकमा किशोर ९६९ मंगलसेन ७६०ले नजिकै रहेको ढुङ्गाले सरस्वतीको टाउकोको पछाडिको भागमा प्रहार गर्छन। सरस्वती सोही स्थानमा ढल्छन्। उनी बेहोस हुन्छन। उनको मृत्यु हुन्छ। किशोर पहिला उनीहरू बसेको ढुङ्गा नजिक जान्छन्। हातले ढुङ्गा लडाउन खोज्छन।

तर, ढुङ्गा लडाउन नसकेपछि जमिनको भित्तामा अडेस लगाइर दुबै खुट्टाले ढुङ्गा लडाउछन। बेहोस भएकी सरस्वतीलाई भाग्न अर्का किशोर भन्छन। ढुङ्गा आयो भन्दै किशोर कराउछन्। इशरा खड्का र उनका प्रेमी दुबै जना सरस्वती लडेको ठाउँमा पुग्छन्। सरस्वतीको मृत्यु भएको हुन्छ। किशोरहरू घरमा नभन्न भन्छन।

तर, इशराले अस्वीकार गर्छन। उनी घर तिर जाने प्रयास गर्छन। सरस्वतीको टाउकोमा ढुङ्गाले हानेका किशोरले इशराको हात समाउछन। पछाडी धकेल्छन्। इशराको बाटो छेक्छन्। इशराका प्रेमी ९६९ मंगलसेन ७३०ले ढुङ्गा समाउछन्। इशराको निधारमा प्रहार गर्छन। इशरा पनि ढल्छन्। पछि अर्को किशोरले पनि ढलेकी इशराको ढुङ्गाले अनुहारमा हान्छन। दुबै किशोरीको मृत्यु हुन्छ। किशोहरू फरार हुन्छन।

भवितव्य देखाउन ढुङ्गा खसालियो

हत्यापछि आत्तिएका किशोरले घटनालाई भवितव्य देखाउने प्रयास गर्छन। उनीहरूले भीरमाथिबाट शव भएको स्थानतर्फ ढुङ्गा खसाउछन। १५ मिटरको दुरीमा किशोरीहरूको शव थियो। सरस्वती र इशराको शव भएको ठाउँ तिर किशोरहरू ढुङ्गा खसाउछन्। ठूला–साना गरेर दर्जनौँ ढुंगा खसालेका छन्। एकै पटक सोही ठाउँमा धेरै ढुङ्गा कसरी खसे रु भन्ने कोणबाट प्रहरीले प्रारम्भिक अनुसन्धान अघि बढाएको थियो।

तीन जनाले भीर माथिबाट ढुङ्गा खसालिरहेको स्थानीयले देख्छन्। प्रत्यक्षदर्शीको बयानका आधारमा प्रहरीले अनुसन्धान थाल्छ। घटनास्थल वरपर देखिएका मानिसहरूमाथि केरकार गरियो। सोही क्रममा प्रहरीले दुवै किशोरलाई पनि नियन्त्रणमा लियो।

गाउँबाट भाग्ने योजना बनाइरहेको अवस्थामा प्रहरीले आइतवार राति उनीहरूलाई पक्राउ गरेको थियो। पक्राउ परेका मध्ये १० वर्षीय नाबालक अनुसन्धानमा सघाएका कारण उनलाई सरकारी साक्षी राखिएको छ। अन्य दुुई जनाविरुद्ध कर्तव्य ज्यान शीर्षकमा मुद्दा दर्ता गरेर पाँच दिनको म्याद थप गरिएको छ। किशोरहरूलाई प्रहरीको निगरानीमा राखिएको छ।

प्रहरीले सरस्वतीले मायाको चिनो दोपट्टा दिन नमान्नु, यौन प्रस्ताव अस्वीकार गर्नु र इशराले घटना लुकाउन अस्वीकार गर्नुले उनीहरूको हत्या भएको निष्कर्ष निकालेको छ। भवितव्य देखाउन किशोहरूले ढुङ्गा खसाएका प्रहरीले बताएको छ।