धनगढी : कैलालीको गेटामा रहेको शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक संसदीय समितिबाट पारित भएको छ ।सिंहदरबारस्थित आफ्नै सभाकक्षमा बसेको प्रतिनिधि सभाअन्तर्गतको शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकले विधेयक पारित गरेको हो ।
समिति सभापति अम्मरबहादुर थापाले विधेयक समितिबाट पारित भएको जानकारी दिए । ‘समितिबाट पारित गर्यौं । अब प्रतिनिधि सभामा जान्छ । सभाले पारित गर्न बाँकी छ’, सभापति थापाले भने । विधेयकलाई समितिको प्रतिवेदनसहित छिट्टै सदनमा लैजाने उनले बताए ।